बढैयाताल गाउँपालिकाको वास प्लान तयार, पालिकाले वास युनिट गठन गर्ने

 1451 पटक हेरिएको
🔗
5
Shares

बर्दिया : बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (वास प्लान) तयार पारी विमोचन गरिएको छ । गाउँपालिका स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको नियमित बैठकमा उपाध्यक्ष, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, स्वास्थ्य संयोजक , स्वास्थ्य संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा GSF/UN-Habitat र IDS-Nepal को सहभागितामा गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले वास प्लानको विमोचन गर्नुभयो ।


GSF/UN-Habitatकार्यक्रम तथा IDS-Nepal को  प्राबिधिक सहयोगमा पालिका का वाश योजना तयार गरिएको IDS-Nepal का जिल्ला संयोजक यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार वाश योजना GSF/UN-Habitatकार्यक्रमका बर्दिया जिल्ला संयोजक बिनोद साहले पालिका अध्यक्ष श्रेष्ठलाई हस्तानान्तरण गरेपछि अध्यक्ष श्रेष्ठले विमोचन गर्नुभएको थियो ।

अध्यक्ष श्रेष्ठले वास प्लान निर्माण भएपछि गाउँपालिका भित्रको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा लगानी गर्न सहज हुने र स्रोतको पहिचान गर्न पनि गाह्रो नहुने बताउनुभयो । उहाँले वास तयार पार्न सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई धन्यबाद तथा आभार व्यक्त गर्नुभयो ।

पालिकाले छिट्टै नै वाश युनिट गठन गरिने तथा प्रत्येक वार्डमा एक एक जना गरी सरसफाई हेर्ने कर्मचारी नियुक्त गरिने उहाँले जानकारी गराउनुभयो । उहाँले नमुना समुदायमा गरिएका कार्यलाइ निरन्तरता दिईने बताउँदै GSF/UN-Habitatकार्यक्रम तथा IDS-Nepal को कार्यक्रम सकिए पनि गाउँपालिकाले नै बजेट तयार गरी पूर्ण सरसफाइको दिगोपन तथा निरन्तरता दिइने बताउनुभयो ।

वाश प्लान तयार कार्यमा हातेमालो गरेर सहयोग गर्ने GSF/UN-Habitatकार्यक्रम तथा IDS-Nepal को भूमिका अति सराहनीय तथा महत्वपुर्ण रहेको जानकारी गराउदै अध्यक्ष श्रेष्ठले आउदा दिनहरुमा पनि यस्तै सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।

 

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार