
बर्दिया : बर्दिया जिल्लाका ८ वटा स्थानीय तह मध्ये ६ वटा स्थानीय तहमा खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माण गरिएको छ । जिल्लाको राजापुर नगरपालिका, बासगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकामा वास प्लान निर्माणको काम सम्पन्न भएको एकीकृत विकास समाज (IDS) नेपालका जिल्ला संयोजक यज्ञ राज जोशीले जानकारी गराउनुभयो । वास योजनाको सफल कार्यान्वयनका लागि बासगढी नगरपालिका र बढैयाताल गाउँपालिकाले छुट्टै वास इकाई गठन गरी खानेपानी सरसफाइ तथा स्वच्छता योजनाका क्रियाकलापहरु सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन ।
बढैयाताल गाउँपालिका तथा बासगढी नगरपालिकाले भने वास प्लान विमोचन गरिसकेका छन् । बासगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारीले वास प्लानको विमोचन गर्नुभयो । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको वास प्लान समेत चाँडे विमोचन गरिने आईडिएस नेपालका जिल्ला संयोजक जोशीले जानकारी गराउनुभयो । बर्दियाका ६ वटा स्थानीय तहको वास प्लान जि.एस.एफ./यु.एन. ह्याबिट्याटको सहयोग र एकीकृत विकास समाज (आईडिएस) नेपालको सहजीकरणमा सम्बन्धित स्थानीय तहहरुले निर्माण गरेको हो ।
बाँकी रहेका गुलरिया र मधुवन नगरपालिकामा लुम्बिनी प्रदेसको समन्वय तथा सहजीकरणमा एनवास एप्सबाट यही पौष मसान्त सम्ममा वास याजनाको निर्माण कार्य सुरुवात गरिनेछ । जसका लागि प्रदेस सरकारले यही पौष १२ र १३ गते बुटवलमा स्थानीय तहबाट २ जनालाइ सहभागी गराई तालिम प्रदान गर्ने योजना बनाएको छ ।


1025 पटक हेरिएको 

