उमाकान्त चौधरी बने खानेपानीमन्त्री (नवनियुक्त मन्त्रीहरुको सूची सहित)

काठमाडौ : नेपाली काँग्रेसका सांसद उमाकान्त चौधरी खानेपानी मन्त्री बन्नु भएको छ । नेपाली काँग्रेसको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट समेत मन्त्री चयन गर्नुपर्ने भएपछि अन्तिम समयमा आएर उहाँलाई खानेपानीमन्त्री बनाईएको हो । यस अघि खानेपानीमन्त्री एकीकृत नेकपा माओवादीको भागमा परेको थियो ।

प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सिटौला समूहलाई एक मन्त्री दिने निर्णय गरेपछि आज बसेको कृष्णप्रसाद सिटौला समूहको बैठकले चौधरीलाई मन्त्रीका लागि सिफारिश गरेको थियो । सिटौला समूहबाट प्रत्यक्ष निर्वाचित सांसदमध्ये चौधरी र भीमसेनदास प्रधान मात्र हुनुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर समेत गर्नुभएको छ । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बन्नु भएको छ ।

मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको  राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार