खानेपानीले विद्युत महसुल तिर्न नसकेपछि प्राधिकरणले लाइन काट्यो, ३ सय घरपरिवार खानेपानीबाट वञ्चित

सन्धिखर्क : अर्घाखाँचीको मरेङ्ग बेहोरो खानेपानी उपभोक्ता समितिले विजुलीको महसुल तिर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले विजुलीको लाइन विच्छेद गराईदिएको छ । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची शाखाले विजुलीको लाइन काटेपछि छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकाका करिब ३ सय घरपरिवार खानेपानीबाट वन्चित भएका छन् ।

मरेङ्ग बेहोरो खानेपानी आयोजनबाट छत्रदेव गाउँपालिका वडा नम्बर ७ र ८ तथा मालारानी गाउँपालिका(१ का करिब ३ सय घरपरिवारले खानेपानी उपभोग गर्दै आएका छन् । विजुलीको लाइन काटिएपछि खानेपानी उत्पादन तथा वितरणको काम बन्द भएको बेमरेङ्ग बेहोरो खानेपानी उपभोक्ता समितिले जनाएको छ । खानेपानी जस्तो आधारभूत मानवअधिकारको बिषयलाई सामान्य रुपमा लिन नहुने र विद्युत प्राधिकरणले पनि लाइन काट्न नहुने स्थानीय बताउँछन् । गाउँपालिकाले पनि यस बिषयमा चासो दिएर तत्काल समस्या समाधानको लागि पहल गर्नुपर्नेस्थानीय जीवनराज आचार्यले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार