
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीमा खानेपानीको धारा जडान गरिएको छ । वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएको १२० घर दनुवार बस्तीमा छ वटा खानेपानी धारा निर्माण गरिएको हो । सामुदायिक धारा निर्माण भएपछि दनुवार वस्तीमा खानेपानी आपूर्ति सहज भएको हो ।
विगतको दुःख स्मरण गर्दै स्थानीय मनकुमारी दनुवारले दनुवार बस्तीका महिला बिहान पाँच बजे उठेर एक गाग्री पानी बोकेर बिहान १० बजे मात्रै घर आइपुग्ने गरेको बताउनुभयो । मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले खानेपानी धाराको उद्घाटन गर्दै बस्तीमा नै खानेपानी धारा निर्माण भएपछि स्थानीयको वर्षौंदेखिको समस्या टरेको बताउनुभयो । मेलम्चीका सबै वडाका सबै घरमा आगामी पाँच वर्षभित्र खानेपानी पु(याउने लक्ष्य रहेको नगरप्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।


577 पटक हेरिएको 

