काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण भईरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । गत शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गर्दै काठमाडौ उपत्यकामा मेलम्चीको पानी आईसकेको जनाउनु भएको थियो ।
काठमाडौ उपत्यकामा मेलम्चीको पानी आईसकेको भए पनि केयूकेएलका कुनै पनि शाखा कार्यालयहरुले अहिले सम्म खानेपानी वितरण तालिका सार्वजनिक गरेका छ्रैनन् । खानेपानी वितरण तालिका सार्वजनिक नगर्दा उपभोक्ताले कतिखेर पानी आउने हो त्यसको मेसो पाउन सकेका छैनन् । सोमबार लैनचौर स्थित सडक मुनि बिछ्याएको पाइप विस्फोट हुनुमा यसैको कारण पनि हुनसक्ने आँकलन गरिएको छ । मेलम्चीको पानी वितरण भएपनि उपभोक्ताले थाहा नपाउँदा त्यसको चाप पाइपमा पर्न गई पाइप विस्फोट भएको हुनसक्ने जानकार बताउँछन् ।
अघिल्ला बर्षहरुमा समेत विस्फोट नभएको पाइप सोमबार विस्फोट हुँदा खानी तथा भूगर्भ विभाग अगाडिको सडक भत्किनुका साथै सवारी आवागमन समेत प्रभावित भएको थियो ।
गत बर्षहरुमा मेलम्चीको पानी उपलब्ध हुना साथ वितरण तालिका सार्वजनिक गरेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का शाखा कार्यालयहरुले यसपटक वितरण तालिका प्रकाशन गर्न किन ढिलाई भएको हो ? कहिलेसम्म वितरण तालिका प्रकाशन हुन्छ ? मेलम्चीको पानी पूर्ण क्षमतामा आउन थालेपछि साबिकको स्रोत बाट प्राप्त पानीको उत्पादन एवं वितरणको काम के हुन्छ ? यसैका बारेमा हामीले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को महाँकालचौर शाखा कार्यालयका प्रमुख नारायण कर्णसँग कुराकानी गरेका छौं ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


2904 पटक हेरिएको 

