जुम्ला : जुम्ला जिल्लाको तीन वटा स्थानीय तहहरुमा खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रमको अखण्डिकरण अवस्था विश्लेषण (एविस) कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छ्ता आयोजना (सुस्वा) ले जुम्लाको कनकासुन्दरी, हिमा र सिन्जा गाउँपालिकामा एनोटेटेट वाटर इन्ट्रीग्रीटी स्क्यान कार्यशाला (AWIS) अर्थात एकीकृत अखण्डिकरण सुशासन सम्बन्धी गोष्ठी सम्पन्न गरेको हो ।
खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रममा भएका नीतिगत ब्यबस्थाहरु, नियम कानुनहरु र बित्तिय तथा बजेट तर्जुमाको अवस्था, सेवा प्रबाह लगायत भ्रष्टाचार बिरोधी रणनीतिक ब्यबस्थापनमा पारर्दर्शिता, जवाफदेहीता, सहभागिता र समाबेशीकरणको अवस्था बिश्लेषण गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको सुस्वाका सुशासन बिज्ञ निराजन श्रेष्ठले जानकारी गराउनुभयो ।
गोष्ठीमा आफ्नो पालिकाभित्रको खानेपानी सरसफाइ स्वच्छता सम्बन्धी क्रियाकलापलाई आवश्यक पर्ने नीतिगत ब्यबस्था, भ्रस्टाचार निवारण रणनीतिहरु लगायत सेवा प्रवाहमा सुधार गर्नुपर्ने पक्षहरु र भावी कार्ययोजनाको बारेमा व्यापक छ्लफल गरिएको थियो । कार्यशालामा भाग लिए पछि आगामी कार्यदिशाबारे बोध भएको कन्कासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताउनुभयो।
गोष्ठीको सहजिकरण सबैका लागी दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) का सुशासन बिज्ञ निराजन श्रेष्ठले गर्नुभएको थियो। गोष्ठीमा कनकासुन्दरी, हिमा र सिन्जा गाउँपालिकाको कार्यपालिकाका पदाधिकारीहरु र शाखा प्रमुखहरुको सहभागिता थियो ।

स्वमुल्याकन लेखाजोखा सम्पन्न
यसैगरी सिन्जा गाउँपालिकाको स्वमुल्याकन लेखाजोखा (LISA) र बित्तीय जोखिम लेखाजोखा (FRA) सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।
सुस्वा आयोजनाको सहकार्यमा गाउँपालिकाको बार्षिक कार्ययोजना बमोजिम अभिमुखीकरणको आयोजना गरिएको हो ।
कार्यक्रमको सहजीकरण प्रशिक्षक प्रेम बहादुर शाहीले गर्नु भएको थियो । कार्यक्रम अत्यन्तै प्रभाबकारी भएको सिन्जा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा सिन्जा गाउँपालिकाका पदाधिकारी तथा शाखा प्रमुखहरु सहभागी हुनुहुन्थ्यो।