वास इकाइका कर्मचारीहरुका लागि विस्तारित खानेपानी सुरक्षा योजना तालिम

  वास खबर सम्वाददाता  602 पटक हेरिएको


सिमकोट : हुम्ला जिल्लाको नाम्खा सिमकोट र खार्पूनाथ गाउँपालिकाको वास इकाइमा कार्यरत कर्मचारीहरुका लागि विस्तारित खानेपानी सुरक्षा योजना तालिम (WSP+++) सम्पन्न भएको छ ।

गाउँपालिका र सुस्वा आयोजनाको साझेदारीमा निर्माण गरिने खानेपानी आयोजनाको विस्तारित खानेपानी सुरक्षा योजना तयार गरी योजनाको दिगोपना कायम गर्ने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको सुस्वाका वास सल्लहाकार राजु चौधरीले जानकारी दिनुभयो।

तालिमका मुख्य सहजकर्ता ठरेन्द्र पौडेलका अनुसार विस्तारित खानेपानी सुरक्षा योजनामा जलवायु परिवर्तन, खानेपानी संरचनाको मर्मत सम्भार र लैङ्गिक तथा सामाजिक समावेशीकरणलाई थप प्राथमिकता दिएको बताउनुभयो ।


हरेक पालिकामा खानेपानीको गुणस्तर परिक्षणका लागि ल्याव स्थापना गर्ने नेपाल सरकारको नीति अनुसार सुस्वा र गाउँपालिकाको सहकार्यमा पानी परिक्षण सुविधा विस्तार गर्न गइरहेको हुँदा सहभागीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको सहकार्यमा पानी परिक्षण तरिका समेत सिकाइएको पौडेलले जानकारी दिनुभयो ।

तालिमका सहभागीहरुले खानेपानी आयोजनाको विस्तारित खानेपानी सुरक्षा योजना तयार गरी सोको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को सहजीकरण र नाम्खा सिमकोट र खार्पूनाथ गाउँपालिकाको आयोजनामा चार दिनसम्म सञ्चालित तालिममा १९ जना कर्मचारीहरुको सहभागिता थियो।

हुम्ला सदरमुकाम मसिमकोटमा शुक्रबार देखि पुनः एनवास तालिम सञ्चालन गरिदैछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार