हुम्ला : खानेपानीको गुणस्तर परिक्षण गर्नका लागि हुम्लाको नाम्खा गाउँपालिकाको कार्यालयमा ल्याब स्थापना गरिएको छ। विश्व पानी दिवस २०२४ को अवसरमा पालिका र सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना ९सुस्वा० को आर्थिक सहयोगमा ल्याव स्थापना गरिएको हो।
गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाको प्रमुख आतिथ्यतामा ल्याबको उदघाट्न गरिएको हो। ल्याब उदघाटन गर्दै अध्यक्ष लामाले खानेपानीको गुणस्तर परिक्षण गर्नका लागि यस ल्यावले ठुलो भुमिका खेल्ने बताउनुभयो। साथै पालिकामा पानी परिक्षणको सुविधा सञ्चालन भएको सबै खानेपानी उपभोक्त्ता समितिलाई जानकारी गराउन आवश्यक रहेको बताउनुभयो।
ल्याब उदघाट्न कार्यक्रममा नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश किरण राई चाम्लिङले नेपाल सरकारको ूएक पालिका एक पानी परिक्षण ल्याव ू स्थापना गर्ने रणनीति बमोजिम यस ल्याव स्थापना गरिएको जनाउनु भयो । उहाँले आगामी दिनमा निरन्तर सेवा प्रवाह गर्नका लागि सबैले आ आफ्नो तर्फबाट सहयोग गरिदिन अनुरोध गर्नुभयो । ल्याव स्थापना पश्चात पानीको सामान्य परिक्षण गर्नका लागि अब सदरमुकाम वा प्रदेश ल्याव जानु नपर्ने उहाँको दाबी थियो ।
सुस्वा आयोजनाका वास सल्लाहाकार राजु चौधरीले विश्व पानी दिवसको अवसरमा नाम्खा गाउँपालिकामा खानेपानी आयोजनाको दिगोपना कायम गर्नका लागि सात दिने मर्मत संभार कार्यकर्ता तालिम सञ्चालन गरिएको जानकारी गराउनु भयो ।
साथै सिमकोट र खार्पुनाथ गाउँपालिकमा वास इकाइबाट विविध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको र छिट्टै यी दुइ स्थानीय तहमा समेत पानी परिक्षण ल्याव स्थापना गरिने जानकारी गराउनुभयो।
सन् १९९३ देखि विश्व पानी दिवस मनाउन थालिएको हो । सन् २०२४ को विश्व पानी दिवसको नारा शान्तिका लागि पानी भन्ने रहेको छ ।