सरसफाइ अभियन्ता महर्जनले दिए मेयरमा उम्मेदवारी

  वास खबर सम्बाददाता  326 पटक हेरिएको

काठमाडौ : कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले मेयर पदका लागि उम्मेदवारी दिनुभएको छ। नगरपालिका कार्यालय पुगेर सरसफाइ अभियन्ता महर्जनले उम्मेदवारी दर्ता गराउनु भएको हो।

उम्मेदवारी दर्ता गर्दै उहाँले भन्नुभयो ‘१६ वर्ष भयो वनवास हिँडेको, ०६७ साल भाद्रबाट सहरको फोहोर बढार्दै हिँडेको । कीर्तिपुरलाई सुन्दर सांस्कृतिक सहर बनाउनुपर्छ ।’

उहँले कीर्तिपुरलाई संसारकै उच्च सहर बनाउन सकिने र यसैका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो। मेयरमा आफूलाई जिताए ३५ दिन भित्रै नगरबासीका लागि उत्साह थप्ने कार्य गर्ने र केही आशा जगाउन नसके राजीनामा दिने उम्मेदवार महर्जनले बताउँदै आउनु भएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार