सिँचाईको लागि डिपबोरिङ गरिएको पानी खानेपानीमा

  वास खबर सम्बाददाता  177 पटक हेरिएको

दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १० र ११ का बासिन्दा ट्याङ्करबाट वितरित पानी पिउन बाध्य छन् । खानेपानीको अभावमा यहाँका ३५० घरपरिवारले सिँचाईको डिपबोरिङ गरिएको पानी किनेर खाईरहनु परेको बताएका छन् ।

उपमहानगरपालिकाको वडा नं. ११ र १२ मा हालसम्म व्यवस्थित तरिकाले खानेपानी वितरण गरिएको छैन । सडक विस्तारका क्रममा जीर्ण पाइपलाइन पनि क्षतविक्षत भए पछि खानेपानी कसरी आपूर्ति गर्ने भन्ने चिन्ता छाएको स्थानीय बताउँछन्। राष्ट्रिय सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीले सबैभन्दा पहिले खानेपानी उपभोक्ता समितिलाई वैधानिकता प्रदान गर्न आग्रह गर्नुभयो । उहाँले ऐलानी जग्गामा ठडिएको एउटा ओभरहेड ट्याङ्की समेत दर्ता नभएकाले खानेपानी आयोजनालाई वैधानिकता प्रदान गर्न आग्रह गर्नुभयो ।

‘खानेपानी उपभोक्ता समिति गठन गर्नुहोस्, त्यसपछि उपमहानगरपालिकामा दर्ता गर्नुहोस्, त्यसपछि कहाँ कहाँ खानेपानी माग गर्नुपर्छ, डिपीआर निर्माण गर्न कहाँ कहाँ धाउनुपर्ने हो, त्यसका लागि महासंघले सघाउनेछ’ उहाँले भन्नुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार