विद्युतीय तार भूमिगत गर्दा क्षतिग्रस्त मेलम्चीको पाइप मर्मत कार्य सम्पन्न, पाइपको परिक्षण हुँदै

  वास खबर सम्बाददाता  320 पटक हेरिएको


काठमाडौ : नेपाल विद्युत प्राधिकरणले विद्युतका तारहरु भूमिगत गर्ने क्रममा बुधबार दिउँसो फुटेको मेलम्चीको पाइप मर्मत सम्पन्न भएको छ । प्राधिकरणले होरिजेन्टल ड्रिलिङ गर्ने क्रममा हिजो बबरमहल क्षेत्रमा थोक वितरण प्रणालीको पाइपमा क्षति भएको थियो ।

खानेपानीमन्त्री प्रदीप यादवका अनुसार सो पाइप मर्मत कार्य गए राती देखि नै सुरु गरी अहिले पूरा रुपमा मर्मत सम्पन्न भएको छ । पाइप मर्मत कार्य सफलतापूर्वक सम्पन्न भइसकेको र अहिले पानी परीक्षणको काम भइरहेको उहाँले जानकारी गराउनुभयो। परीक्षण सम्पन्न भए पश्चात खानेपानी वितरण प्रक्रिया पुनः सुचारु गरिने उहाँले उल्लेख गर्नुभएको छ ।

मेलम्चीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएपछि खानेपानी मन्त्री यादव तत्काल सो क्षेत्रमा पुगेर अनुगमन गर्नु भएको थियो भने उहाँले सम्बन्धित निकायलाई तत्काल मर्मत सम्भार गर्न पनि निर्देशन दिनुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार