
बाजुरा : बृहत् मार्तडी खानेपानी उपभोक्ता समितिले प्रशोधनशाला (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरेको छ । बाजुरा सदरमुकाम मार्तडीको बडीमालिका नगरपालिका–८ मा रहेको समितिले खानेपानीलाई शुद्धिकरण गरी वितरण गर्न ट्रिटमेन्ट प्लान्ट निर्माण गरेको हो ।
बृहत मार्तडी खानेपानी उपभोक्ता समितिका व्यवस्थापक कर्णबहादुर रावलका अनुसार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीको दुई करोड ५७ लाख ३७ हजार ६७ रुपैयाँ अनुदानमा प्रशोधन प्लान्ट निर्माण गरेको हो ।
प्रशोधन प्लान्ट निर्माण पछि मुहानबाट आएको पानीलाई प्रशोधन गरेर सोझै उपभोक्ताको धारामा पठाउने गरिएको व्यवस्थापक रावलले जानकारी दिनुभयो। प्रशोधन प्लाण्टले खानेपानीमा भएका धमिलोपना लगायत अन्य भौतिक प्रदुषण हटाई खानेपानीलाई पिउन योग्य बनाएको उहाँले बताउनुभयो।


303 पटक हेरिएको 

