काठमाडौ : मलमूत्रको सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गर्नु भनेको सरसफाइ व्यवस्थापनको पहिलो र अत्यावश्यक चरण हो। यो चरण ठीक नभए सरसफाइ सेवा श्रृंखलाको सम्पूर्ण प्रक्रिया असफल हुनसक्छ। यसको आवश्यकताको कारणहरू निम्नानुसार छन्:
१. जनस्वास्थ्यको संरक्षणका लागि
-
मलमूत्रमा धेरै प्रकारका रोगजन्य जीवाणु, भाइरस, परजीवी आदि हुन्छन्।
-
यदि मलमूत्र खुला स्थानमा वा असुरक्षित रूपमा फालियो भने ती रोगजन्य जीवाणु पानी, माटो, खाना आदिमा मिसिएर मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ।
-
हैजा, डायरिया, टाइफाइड, हैपाटाइटिस A र E जस्ता रोगहरू मुख्य रूपमा असुरक्षित मल व्यवस्थापनका कारण फैलिन्छन्।
-
विशेष गरी बालबालिका र वृद्ध व्यक्तिहरूमा मृत्यु दर उच्च हुन सक्छ।
२ वातावरणीय संरक्षणका लागि
-
खुला दिसापिसाब वा चुहावट भएको पिट/ट्यांकले भू-जल र सतही पानी स्रोतहरू दूषित बनाउँछ।
-
प्राकृतिक स्रोतहरूमा मलमूत्र मिसिनुले पानीको गुणस्तर घटाउँछ, जलचर प्राणीको जीवनलाई असर गर्छ र जैविक चक्रमा अवरोध ल्याउँछ।
३ सामाजिक मर्यादा र सम्मानका लागि
-
सुरक्षित शौचालयको प्रयोगले व्यक्तिको गोपनीयता, मर्यादा र आत्मसम्मान सुरक्षित हुन्छ।
-
विशेष गरी महिला, बालिका, अशक्त व्यक्ति र वृद्धहरूका लागि सुरक्षित शौचालयको व्यवस्था अत्यन्तै महत्वपूर्ण हुन्छ।
४ स्यानिटेसन भ्यालु चेनको आधार
-
मलमूत्रको सुरक्षित भण्डारण बिना त्यसलाई खाली गर्ने, ढुवानी गर्ने, प्रशोधन गर्ने वा पुनः प्रयोग गर्ने प्रक्रिया अगाडि बढ्न सक्दैन।
-
त्यसैले मलमूत्रको सुरक्षित भण्डारण गर्ने काम सम्पूर्ण स्यानिटेसन प्रणालीको जरा हो , जुनबिना बाँकी प्रक्रिया निष्प्रभावी हुन्छ।
कसरी भण्डारण गर्नुपर्छ ?
सुरक्षित भण्डारण गर्नका लागि विशेष सावधानी र प्रविधिहरू अपनाउन आवश्यक छ।
१. शौचालयको उचित डिजाइन र प्रविधि चयन
शौचालय निर्माण गर्दा भूगोल, पानीको उपलब्धता, जनघनत्व, र आर्थिक क्षमता अनुसार प्रविधि छनोट गर्नुपर्छ:
♦ एकल गहिरो खाल्डो
-
• ग्रामीण क्षेत्रमा सामान्यतया प्रयोग गरिन्छ।
-
• सस्तो र सजिलो प्रविधि हो।
-
• तर यो विकल्प अल्पकालीन हुन्छ; भरिएपछि फेर्नुपर्छ।
♦ डबल पिट अर्थात दुई खाल्डे
-
• एउटै शौचालयसँग दुई पिट जोडिएको हुन्छ।
-
• एक भरिँदै गर्दा अर्को प्रयोग गर्न सकिन्छ।
-
• पुरानो पिटलाई मलखादमा रूपान्तरण गर्न सकिन्छ।
♦ सेप्टिक ट्याङ्क सिस्टममा आधारित
-
• शहरी वा अर्ध-शहरी क्षेत्रमा प्रयोग हुने प्रमुख प्रणाली।
-
• मलमूत्रलाई ट्यांकमा राखेर आंशिक प्रशोधन गरिन्छ।
-
• नियमित रूपमा खाली गर्नुपर्ने हुन्छ।
♦ वायोग्यास जडित
-
• यसले मलमूत्रलाई जैविक प्रक्रिया मार्फत ग्यास र मलखादमा रूपान्तरण गर्छ।
-
• पानी कम हुने स्थानमा उपयोगी।
♦ मल चर्पी
-
• पानीविहीन प्रविधि हो।
-
• मल र पिसाबलाई छुट्टै संकलन गरी पुनः प्रयोग गरिन्छ (जैविक मलका रूपमा)।
२. सुरक्षित स्थान छनोट
-
• शौचालय तथा पिट/ट्यांकलाई पानीको स्रोत (जस्तै कुवा, धारा, इनार) बाट कम्तिमा १० मिटर (३० फिट) टाढा राख्नु अनिवार्य हुन्छ।
-
• तलतिर गहिरो पानीको सतह भएको स्थान छ भने नरसाउने र नचुहिने तरिकाले डिजाइन गर्नुपर्छ।
२.३ सजिलो पहुँच र संरक्षण
-
• शौचालयको पहुँच सबै उमेर र अवस्था भएका व्यक्तिका लागि सहज हुनु पर्छ । बालबालिका, वृद्ध, अपांगता भएका व्यक्तिका लागि कुनै अवरोध नहुने डिजाइन अपनाउनु आवश्यक छ।
-
• पिट वा ट्यांकलाई यस्तो किसिमले बनाउनु पर्छ कि भरिएपछि सजिलै खाली गर्न सकियोस्
-
• चुहावट नहुने तरिकाले ट्यांक निर्माण गर्नु उपयुक्त हुन्छ।
२.४ नियमित मर्मत र अनुगमन
-
• पिट वा सेप्टिक ट्यांक समयमै खाली गर्नुपर्ने हुन्छ (२–३ वर्षमा एकपटक, आवश्यकता अनुसार)।
-
• शौचालय वरिपरि सरसफाइको उचित व्यवस्था गर्नुपर्छ।
-
• भण्डारण प्रणाली बिग्रिएको अवस्थामा तुरुन्त मर्मत गर्नु अनिवार्य हुन्छ।
मलमूत्रको सुरक्षित भण्डारण गर्ने काम, जनस्वास्थ्य, वातावरण, सामाजिक मर्यादा, र सरसफाइ प्रणालीको प्रभावकारिताका लागि अत्यावश्यक चरण हो। यसका लागि स्थान, प्रविधि, पहुँच, मर्मत तथा सामाजिक सन्दर्भलाई विचार गरेर उचित योजना र संरचना आवश्यक पर्छ।