
काठमाडौ : स्वास्थ्य, जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताको नाममा काठमाडौंमा ५६ लाखको ७ आना जग्गा रहेको उल्लेख गर्नु भएको छ । उहाँले सम्पत्ति विवरण सार्वजनिक गर्दै परिवारका सदस्यको नाममा ८ बिघा जग्गा रहेको पनि खुलाउनु भएको छ ।
काठमाडौंको जग्गा खरिदमा आफ्नो तलब खर्च भएको उल्लेख गर्नु भएकी मन्त्री मेहताले विभिन्न चारवटा कम्पनीको शेयर रहेको उल्लेख गर्नु भएको छ ।
मेहताले उल्लेख गरे अनुसार जीएचएलको ६९ कित्ता अर्थात् १४ हजार ६५९ रुपैयाँ, एचडीएचएको ८८ कित्ता अर्थात् १९ हजार ८८८ रुपैयाँ, जीबीएलभीको २८ कित्ता अर्थात् ३६ हजार ५९६ र निफ्राको ६४ कित्ता अर्थात् १७ हजार २०२ रुपैयाँ बराबरको शेयर रहेको छ ।
उहाँसँग रहेको ३० तोला सुन र ५० तोला चाँदी दाइजो र उपहारबाट प्राप्त गरेको उल्लेख गर्नुभएको छ । मेहतासँग माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३६ र सानिमा बैंकमा १ लाख रुपैयाँ नगद रहेको छ । उहाँसँग २५ लाखको ग्राण्ड आई १० गाडी रहेको पनि उल्लेख गर्नुभएको छ।


167 पटक हेरिएको 

