
काठमाडौ : नेपाललाई भोलि खुला दिसामुक्त घोषणा गरिदैछ । भोलि सोमबार राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ ।
सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए पनि तराई आन्दोलन, भारतको नाकाबन्दी र भूकम्प लगायत कारणले समयमै घोषणा गर्न सकेको थिएन । सरकारले आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रममै नेपाललाई चालु आर्थिक बर्षभित्रै खुला दिसामुक्त घोषणा गरी स्थानीय तहसँगको सहकार्यमा अघि बढ्ने उल्लेख गरेको छ । यसैबीच खुला दिसामुक्त घोषणाको सम्पूर्ण तयारी पूरा भएको खानेपानी मन्त्रालयले जनाएको छ ।


774 पटक हेरिएको 

