काठमाडौ : काठमाडौ उपत्यका भित्र खानेपानी सेवा प्रदान गर्दै आईरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले लकडाउनको समयमा समेत नियमित खानेपानी आपूर्ति गर्ने जनाएको छ । कम्पनीले सञ्चालन गर्दै आइरहेको खानेपानी उत्पादन, प्रशोधन एवं वितरण, टैंकर एवं ढल संचालन सेवाहरु सुचारु रहने जनाएको हो ।
लकडाउनको समयमा खानेपानी सेवालाई प्रभावकारी बनाउन आगामी २०७७ साल वैशाख १० गते सम्मका लागि महसुल उठाउने काम भने स्थगन गरिएको छ । त उक्त अवधिको महसुलमा लाग्ने जरिवाना भने नलाग्ने कम्पनीले जनाएको छ ।
तपाईको घरमा सदा झैं नियमित पानी नआए निम्न कर्मचारीहरुलाई फोन गरेर जानकारी लिन सकिने काठमाडौ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।