लकडाउनमा झनै प्रभावकारी बन्दै पूर्ण सरसफाइ अभियान

🔗
10
Shares

विनोद महतो, धनुषा : अहिले विश्वमै नोबेल कोरोना भाइरस (कोभिड–१९) को कहर महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सम्पूर्ण मानवजातिकै लागि खतरा बनेको कोरोना भाइरसले अहिले पुरा विश्वलाई नै सबैभन्दा ठूला चुनौती दिएका छ । पृथ्वीका प्रायःजसो सबै देश अहिले कोरोनासँग लड्दै छ । तर पनि कोरोनाको कहर नियन्त्रणमा आउन सकिरहेको छैन् ।

यस भाइरसबाट बँच्न, बचाउँन उच्च सर्तकताका साथ जनचेतना मूलक अभियान र सावधानी तथा सरसफाइका विकल्पहरु अंगिकार गरिएकै हो । तर पनि यो भाइरस अनियन्त्रित बन्दै छ । हालसम्म यस भाइरसको कुनै पनि औषधी पत्ता नलागेपनि अनुसन्धानकर्ता भन्ने यसको औषधी र भ्याक्सिन पत्ता लगाउन दिनरात एक गरी निरन्तर लागि परेका छन् । तर सफलता अहिलेसम्म पाउन सकिएको छैन् ।

त्यसैले जति सकिन्छ, सबै देशले यस भाइरसको प्रकोप र संक्रमणबाट जोगिन पुरा देश नै लकडाउन गरी कडाभन्दा कडा कानुल लागु गरेको विदितै छ । कतिले कफर््यु आदेश समेत जारी जनतालाई घरमै बन्दी समेत बनाएको र आवश्यक दैनिक खाद्यान्न र उपभोग्य सामग्रीहरु घरमै पुगाउने व्यवस्था समेत गरेको अवस्था छ ।
यस्तो भयावह स्थितका बावजुद पनि सरकार, चिकित्सक, प्रहरी, प्रशासन संघसंस्था र अभियानकर्मीहरु दिनरात एक गरी लागि परेका छन् । सकेसम्म जनतालाई यसबाट सुरक्षित राख्न र सम्भावित संक्रमणको जोखिमलाई कम गर्न विविध उपायहरुका साथै कोरोना भाइरस सम्बन्धी जनचेतना जगाउने कार्यमा विभिन्न माध्यमले गरिरहेका छन् । सरकारको यसै अभियानमा अहिले साथ दिईरहेका छन्, पूर्ण सरसफाइ अभियान कार्यक्रमका अभियानकर्मीहरु ।

धनुषाधाम नगरपालिकाकी उपमेयर विद्यादेवी भुजेलको साथमा अभियाकर्मीहरु वडा नं. ८ मा जनचेतना जगाउन घुम्दै

सरकारको यसै अभियानमा अहिले कदममा कदम मिलाएर खटेका छन् धनुषाका समाज उत्थान युवा केन्द्रका पूर्ण सरसफाइ अभियानकर्मीहरु । जिएस एफ/ यूएन् ह्याविट्याटसँगको साझेदारीमा धनुषाको तीन वटा पालिकाको पूर्ण सरसफाइ अभियान चलाईरहेका समाज उत्थान युवा केन्द्र (सुयुक) जनकपुरका पूर्ण सरसफाइ अभियानकर्मीहरु कोरोनाको कहर बाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं सन्देश छर्दैछन् । पूर्ण सरसफाइ अभियानकर्मीहरु अहिले समाजमा कोही साबुन पानीले हात धुन, त कोही सरसफाइ र कोरोना भाइरसबारे जनचेतना जगाउँदै समुदायलाई जागरुक र सचेत गर्दै अगाडि बढेका छन् । विभिन्न सामाजिक सञ्जालमा अहिले भाइरसबारे आईरहेको विभिन्न गलत सूचना, सन्देश र अपवाहहरुलाई चिर्दै अभियानकर्मीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निति निर्दिष्ट गरेको जनचेतनामूलक सन्देश र सामाजिक जागरुकता सहितका अभियानमा लागेका छन् ।

अभियानकर्मी जनताको सबैभन्दा नजिकको सरकार वडाका जनप्रतिनिधी र पालिकाका जनप्रतिनिधीहरुको साथ र समन्वयमा जनता जागरुक अभियानमा जुटेका छन् ।
कोरोनाबारे जागरुकता फैलाउन र यसको हुन सक्ने सम्भावित जोखिम तथा संक्रमणबाट बच्न सक्ने उपायहरुबारे विभिन्न पर्चा, पम्पलेट, माइकिंग गर्दै जागरुकता फैलाइरहेका छन् ।


अहिले पुरा देश नै लकडाउन भएको अवस्था समेत कोरोना भाइरसप्रति जनता सचेत र जागरुक भएन भने ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै अभियानकर्मीहरु स्थानीय सरकारको समन्वयमा समुदायलाई साबुन पानीले नियमित हात धुन, मनतातो पानी खान, नियमित चर्पीको प्रयोग गर्न, सरसफाइ र सफा रहन, घरमै बसी जथाभावी हिँडडुल नगर्न, लकडाउनको पालना गर्न, भीडभाडमा नजान, कसैसँग हात नमिलाउन, खोक्दा वा हाछ्यु गर्दा कपडा वा रुमालले मुख, नाक छोप्न, कसैप्रति शंका लागेमा तुरुन्त नजिकको चिकित्सक वा स्वास्थ्य संस्थामा चेकजाँच गराउन, वैदेशिक रोजगारबाट हालै फर्केका व्यक्तिहरुलाई उच्च सर्तकता अपनाउन लगायतका जनचेतना जगाउँदै आएका छन् । कतिपय वडा, टोल र सार्वजनिक स्थानमा हात धुनलाई साबुन पानीको समेत व्यवस्था गरिएको छ भने घर घरमा साबुन र माक्स वितरण अभियानमा समेत अभियानकर्मीहरु स्थानीय सरकारलाई सघाईरहेका छन् ।

समाज उत्थान युवा केन्द्रले धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं. ३,४,६,८ र ९ मा, लक्ष्मीनियाँ गाउँपालिकाको वडा नं. १,२,४ र ६ मा र जनकनन्दनी गाउँपालिकाको वडा नं. २,४,५ र ६ मा स्थानीय पालिका र वडाको समन्वयमा पूर्ण सरसफाइ अभियानको सहजीकरण गरिरहेको छ । अभियान अन्तर्गत हाल भईरहेको तथ्यांक संकलनको कार्यलाई स्थगित गरी अभियानकर्मीहरुलाई आफु सुरक्षित र सर्तक रहि कोरोना भाइरस सम्बन्धी जनचेतना मूलक कार्यमा स्थानीय सरकारसँगको समन्वय समुदायलाई जागरुक बनाउँदै सघाइरहेको संस्थाका कार्यकारी निर्देशक एवं अभियानका टिम लिडर सुजित कुमार मण्डलले बताएका छन् ।

कोरोना भाइरसको विरुद्धमा हालसम्म तीन वटै पालिकाले गरेको कार्य र तयारी

१. धनुषाधाम नगरपालिका

 कोभिड १९ सम्बन्धी सचेतनाको लागि सन्देश र बच्ने, बचाउने उपाय सहितको ह्याण्ड पम्पलेट वितरण (पालिकाभरि वितरण गरिएको)
 धनुषाधाम अस्पतालमा आइसोलेशन बेडको व्यवस्थाको तयारी चैत १० गतेबाट गरिएको
 सबै सार्वजनिक ठाउँहरुमा, चौतारा लगायत स्थानम साबुनपानी हात धुने व्यवस्था गरिएको
 कोभिड १९ बाट बच्न र बचाउने सचेतनाको लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले गरेको निर्देशन अनुसार सन्देश मुलक माइकिंग भईरहेको
 नगरपालिका र सबै ९ वटै वडा कार्यालयहरु अतिआवश्यक बाहेकका कार्यक्रम र सेवा बन्द गरेको र कार्यालय समेत बन्द गरेको ।
 नगरपालिकाको प्रशासनिक कार्यहरु बाहेकका अन्य सबै कार्य बन्द गरिएको
 अर्को सूचना नआएसम्मको लागि नगरभित्रका हाट, बजार, मठमन्दिर, विद्यालय लगायत पूर्ण रुपमा बन्द गरिएको
 विदेश वा अन्य मुलकुबाट आएकाहरुको खोजी कार्य गरी लगत तयार भईरहेको
 गरिव, विपन्नहरुको लागि दैनिक खाद्यान्न सामग्रीहरुको व्यवस्था गर्न लागिएको

समाज उत्थान युवा केन्द्रद्धारा गरिएको कार्यहरु

 पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत डाटा क्लेक्शनको कार्य पूर्ण रुपमा हालका लागि रोकिएको
 सहजकर्ताद्धारा उच्च सतर्कताका साथ साबुन पानीले नियमित मिची मिची हात धुन, चर्पीको प्रयोग गर्न, घरमै बस्न, भीडभाडमा नजान परैबाट घुमेर आग्रह गर्दै
 सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, नबस्न, मास्क लगाउन, बाहिरबाट घरमा आउँदा अनिवार्य रुपमा साबुन पानीले मिची मिची हात धुन आग्रह गर्दै
 एक अर्कासँग भेटघाट वा कुरा गर्दा दुरी कायम गर्न र हात नमिलाउन आग्रह गर्दै

२. लक्ष्मीनियाँ गाउँपालिका

 कोभिड १९ सम्बन्धी सचेतनाको लागि पर्चा पम्पलेट वितरण सहितको सबै कार्यालयमा व्यानर राखिएको
 पालिकाभित्र सबै वडा र टोलहरुमा क्रमशः सरसफाइ सचेतना अभियान गरिएको
 पालिकाभित्रका सबै स्वास्थ्य संस्था र सार्वजनिक ठाउँहरुमा हात धुन र कोरोना भाइसरबाट बच्नका लागि साबुन पानीकोको व्यवस्था गरिएको
 अतिआवयश्क बाहेकको सबै सेवा बन्द गरिएको
 स्वास्थ्यकर्मीको टोलीद्धारा कोरोनाबाट बच्न अपनाउनु पर्ने उपाय र सावधानीबारे जनचेतना जगाउने कार्य भएको
 गरिव, विपन्नहरुको लागि दैनिक खाद्यान्न सामग्रीहरुको व्यवस्था गर्न लागिएको
 सबै वडा कार्यालयहरु बन्द गरिएको र फोनमा मात्र सम्पर्क गरी अवस्थाको अपडेट भईरहेको
 कोभिड १९ बाट बच्न र बचाउने सचेतनाको लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले गरेको निर्देशन अनुसार सन्देश मुलक माइकिंग गरेको
 अर्को सूचना नआएसम्मको लागि नगरभित्रका हाट, बजार, मठमन्दिरमा अनावश्यक भीडभाड नर्गन सूचना जारी गरिएको
 पालिकास्तरमा सचेतनाको लागि छलफल र अन्तरक्रिया गरिएको

समाज उत्थान युवा केन्द्रद्धारा गरिएको कार्यहरु :

 पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत डाटा क्लेक्शनको कार्य पूर्ण रुपमा हालका लागि रोकिएको
 सहजकर्ताद्धारा उच्च सतर्कताका साथ साबुन पानीले नियमित मिची मिची हात धुन, चर्पीको प्रयोग गर्न, घरमै बस्न, भीडभाडमा नजान परैबाट घुमेर आग्रह गर्दै
 सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, नबस्न, मास्क लगाउन, बाहिरबाट घरमा आउँदा अनिवार्य रुपमा साबुन पानीले मिची मिची हात धुन आग्रह गर्दै
 एक अर्कासँग भेटघाट वा कुरा गर्दा दुरी कायम गर्न र हात नमिलाउन आग्रह गर्दै

३. जनकनन्दनी गाउँपालिका

 

 कोभिड १९ सम्बन्धी सचेतनाको लागि सन्देश र बच्ने, बचाउने उपाय सहितको ह्याण्ड पम्पलेट वितरण र रैली गरिएको
 सबै सार्वजनिक स्थानहरुमा साबुनपानीले हात धुने व्यवस्था गरिएको
 कोभिड १९ बाट बच्न र बचाउने सचेतनाको लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले गरेको निर्देशन अनुसार सन्देश मुलक जिंगल सहित माइकिंग गरिएको र भईरहेको
 नगरपालिका र सबै ६ वटै वडा कार्यालयहरुमा अतिआवश्यक बाहेकका कार्यक्रम र सेवा बन्द गरी फोन सम्पर्कमा सबै व्यवस्था र अवस्थाको अपडेट भईरहेको
 अर्को सूचना नआएसम्मको लागि नगरभित्रका हाट, बजार, मठमन्दिर, विद्यालय लगायत पूर्ण रुपमा बन्द गरिएको

समाज उत्थान युवा केन्द्रद्धारा गरिएको कार्यहरु :

 पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत डाटा क्लेक्शनको कार्य पूर्ण रुपमा हालका लागि रोकिएको
 सहजकर्ताद्धारा उच्च सतर्कताका साथ साबुन पानीले नियमित मिची मिची हात धुन, चर्पीको प्रयोग गर्न, घरमै बस्न, भीडभाडमा नजान परैबाट घुमेर आग्रह गर्दै
 सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, नबस्न, मास्क लगाउन, बाहिरबाट घरमा आउँदा अनिवार्य रुपमा साबुन पानीले मिची मिची हात धुन आग्रह गर्दै
 एक अर्कासँग भेटघाट वा कुरा गर्दा दुरी कायम गर्न र हात नमिलाउन आग्रह गर्दै

स्रोत : धनुषाधाम नगरपालिका प्रमुख बालेश्वर मण्डल, लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष विन्देश्वर यादव, जनकनन्दनी गाउँपालिका उपाध्यक्ष भारती कार्की, सम्बन्धित वडाअध्यक्षहरु र अभियानकर्मी ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार