काठमाडौ : विश्वका सबैजसो राष्ट्रहरु यत्तिबेला कोरोना भाइरस विरुद्धको लडाईमा जुटिरहेको छ । यो लडाईसँग लड्न साबुन पानीले मिचिमिची हात धुनुपर्ने र भीडभाडमा जान नहुने चिकित्सकहरुले बताईरहेका छन् । साबुन पानीले हात धुने सन्देश बस्ती बस्तीमा पुगेपछि विभिन्न उपाय अपनाएर भए पनि हात धुन थालेका छन् ।

यो तस्बिर झापा जिल्ला बिर्तामोड नगरपालिका वार्ड नं. ३ आफन्त टोलको हो । यसमा माटोको भाँडामा धारा (कल) जोडेर हातधुने स्थान बनाईएको छ र एक बृद्धाले साबुनपानीले हात धोईरहनुभएको छ । यो महामारीले निकालेको जुक्ति नै हो । आफन्त टोलमा ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रमको सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्रले पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।
नेपालमा खुला दिसामुक्त अभियानका क्रममा हात धुने अभियान नै चलाईएको थियो । हरेक बर्षको अक्टोबर १५ मा विश्व हात धुने दिवसका दिन मात्र नभई अरु बेला समेत हात धुन सिकाउने र साबुन पानीले हात धुँदा हुने फाइदाका बिषयमा अभ्यास गर्दै आएको छ । यसलाई कतिले गम्भीर रुपमा लिए पनि कतिले भने हात धुन पनि सिकाउने हो र ? भनेर हल्का तरिकाले लिईदिंदा हात धुने बानीको विकास गराउन निक्कै गाह्रो भएको थियो ।
साबुन पानीले हात धुँदा यत्ति ठूलो महामारीसँग लड्न सकिने थाहा पाए पछि बिगतमा चलाएको हात धुने अभियानको जनस्वास्थ्यमा कति महत्व रहेछ भन्ने प्रमाणित भएको छ । त्यसैले विगतमा समेत साबुन पानीले हात धुन हिच्किचाउने मानिसहरु पनि अहिले साबुन पानीले हात धुन थालेका छन् । हात धुने चलन अब कोरोनाको संक्रमण रहेसम्म मात्र धुन्छन् कि त्यसपछि पनि निरन्तरता दिन्छन् ? त्यो भने हेर्न बाँकी छ । तर जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धोएमा विभिन्न संक्रामक रोगहरुबाट बच्न सकिन्छ ।
अभियानको महत्व कति उपायका बिषयमा हामीले बिगतदेखि नै सिक्दै र गर्दै आएका थियौं । फरक यत्ति मात्र हो, बनाउने गरेका थिए । सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिन्छ ।
फोटो : बाबुराम आचार्य


1238 पटक हेरिएको 

