घरमै गड्यौला पालन यसरी गर्नुहोस्

काठमाडौ : कुहिने फोहोरको घरमै व्यवस्थापन गर्न र आयआर्जनको दृष्टिकोणले समेत अति प्रभावकारी मानिएको गड्यौला पालन कसरी गर्ने भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । सहरी इलाकामा गड्यौला पालन फस्टाउँदै गए पनि यसको उचित तरिकाको अभावमा अपेक्षा गरेजस्तो फाइदा लिन नसकेको हुन सक्छ । गड्यौला पालन गर्दा घरभित्रको कुहिने फोहोरको व्यवस्थापन हुने त छँदैछ, मलको खपत गर्ने बहानामा गमलामा फूल रोप्ने, तरकारी रोप्ने बानीको पनि विकास हुने जानकारहरु बताउँछन् ।

गड्यौला पालन कसरी गर्ने त ?

१. १ मिटर चौडाई, ६० सेमि उचाई, ५ मिटर लम्बाई ९आफ्नो आवश्यकता अनुसार जति पनि राख्न सकिन्छ० को पीट तयार गर्ने । भूईं ढलान गरेर प्लाष्टर पनिँग गर्ने, हल्का भिरालो बनाउने र होचो भाग तिर १र२ इन्चको पाइप राख्ने।

२. आफ्नो स्रोत अनुसार पीट जति पनि बनाउन सकिन्छ । माथिबाट घाम पानीबाट बचाउन खर, पराल, एलिभेस्टर वा सिल्पालिन प्लाष्टिक सेटले छाउने, सकभर तातो रोक्ने छानो बनाउने ।

३. गड्यौला राख्नु भन्दा पहिले १५-२० दिन खात लगाएर ताते पछि सेलाएको गोबरलाई प्रयोग गर्नु पर्दछ। तल घाँस परालको सोतर एक तह राख्ने, त्यसमाथि सेलाएको गोबरको तह राख्ने । सोतर राम्ररी भिजेको हुनुपर्छ । यसै गरी तह(तह गरी राख्ने । माथिल्लो तहमा गोबर मसिनो बनाएर राख्ने । भए सम्म गोबर ग्याँसको स्लरी राख्दा हुन्छ ।

४. गोबर भरिसकेपछि एक छेउबाट गड्यौला छोड्ने । गड्यौला धेरै भए पनि फरक पर्दैन । प्रति वर्ग फिट २०० का दरले राख्दा पुग्छ ।

५. माथि बाट जुटको बोराले छोप्ने र हल्का सिंचाई गर्ने ।

६. पीटमा जम्मा भएको पानी पाइपबाट बाहिर निस्कन्छ, त्यसलाई भाँडोमा जम्मा गर्ने र पातलो हुँदासम्म पानीको सट्टा प्रयोग गर्ने बाक्लो वा गाढा कालो भए पछि ड्रममा जम्मा गर्ने । यसलाई vermiwash भनिन्छ। यो अति राम्रो मल हो, १:४ को अनुपातमा पानी मिसाएर बिरुवामा छर्न वा फेदबाट दिन सकिन्छ।

७. गड्यौलाको बेडिँगमा गल्ने, कुहिने सबै कुरा राख्न सकिन्छ तर लसुन, प्याज, माछा मासु राख्न हुँदैन । प्लाष्टिक, नाइलन, ऊन जस्ता नगल्ने र नकुहिने वस्तु नराख्ने ।

८. गड्यौला चिस्यान रुचाउने जीव हो किनभने यसको शरीरमा पानीको मात्रा बढी हुन्छ र शरीरको पानीको मात्रा कायम राख्न चिसो ठाउँमा बस्न रुचाउँछ । तसर्थ गड्यौलाको बेडमा ६० – ६५% चिस्यान हुनु आवश्यक हुन्छ । ३५ डिग्री सेन्टिग्रड भन्दा बढी तापक्रम र १० डिग्री सेन्टिग्रड भन्दा चिसोमा गड्यौला फस्टाउन सक्दैनन् र क्याप्सुल बनाएर गुडुल्किन्छन् । बेडिँग माथि राखिएको बोरालाई चिसो बनाइराख्नु पर्दछ ।

९. गड्यौलाले तल फर्केर खान्छ र कास्टिँग माथि सतहमा विसर्जन गर्छ । माथिल्लो सतहमा एक बित्ता जति मल थुप्रिए पछि हल्का सँग सोहोरेर नजिकै छुट्टै पीट बनाई मल थुपार्नु पर्छ । यसो गर्दा मलमा भएका कोकूनहरु Hatching कोरलिन पाउँछन् । बेडिँग वा पीटमा मल तयार भैसकेपछि ३ एम।एम। को चाल्नाले चालेर गड्यौला र मल छुट्याउनुपर्छ । गड्यौलासँग गेडामल र नपचेका मल तथा अन्य वस्तु हुन्छन्, त्यसबाट गड्यौला छुट्याउन उज्यालोमा लगेर प्लेनसिट वा प्लाष्टिकमा लाम्चो पारेर थुप्र्याउने र उज्यालो बढी पार्ने ( CFL चिम ) बाल्न सकिन्छ । गड्यौलाले प्रकाश मन नपराउने भएकाले गड्यौला जति तल जम्मा हुन्छन माथि भएको मललाई सोहोरेर जम्मा गर्न सकिन्छ ।

गड्यौला मल प्राङ्गरिक (अर्गानिक) खेतीको लागि अति उत्तम मल हो । हुन त अहिले विभिन्न नामबाट प्राँगरिक र जैविक मल उत्पादन भएका छन् । ती सबैमा एकै मात्रामा पोषक तत्वहरु नहोलान्, तैपनि मात्राको कम – बेसी प्रयोग गरेर अर्गानिक, प्राँगारिक खेती गर्न सकिन्छ । तापनि आफैंले गड्यौला मल उत्पादन र अर्गानिक (प्राँगारिक) खेती शुरु गर्दा धेरै राम्रो हुने विज्ञहरु बताउँछन् ।
स्मार्ट कृषिको सहयोगमा ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार