
लालबन्दी : कोभिड १९ संक्रमण रोकथामका लागि जिल्ला बिपद व्यबस्थापन समिति सर्लाही द्धारा निर्माण गरिएको उष्ण प्रदेशीय वागवानी क्वारेन्टाइन लालबन्दीलाई क्वारेन्टाइनका लागि उपयोगी हुने स्वास्थ्य तथा स्वच्छता सामग्री प्रदान गरिएको छ । अक्सफाम नेपालसँगको साझेदारीमा वागमती सेवा समाज नेपालले वागवानी क्वारेन्टाइन क्षेत्रमा एक समारोह आयोजना गरी ह्याण्ड स्यानिटाइजर ५०० मि.लि. ३० बोतल, ह्याण्ड स्यानिटाइजर १०० मि.लि. १०० बोतल, सर्जिकल मास्क ५०० थान, वासेवल तथा रियुजेवल एप्रोन २० थान, इन्फ्रारेड थर्मामिटर १ थान, के एन ९५ मास्क ५० थान, ग्लोब्स ५० थान स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
वागमती सेवा समाज नेपालका कार्यकारी निर्देशक निरज भण्डारीद्वारा बिपद ब्यवस्थापन समिति सर्लाहीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि. सि.को प्रमुख आतिथ्यमा, क्वारेन्टाइनलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । जिल्ला बिपद व्यबस्थापन समिति सर्लाही अध्यक्ष एबम प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जि.सि. ले बागमती सेवा समाज तथा अक्सफाम नेपालले विपदका घडीमा पु….याएको योगदानको कदर गर्दै निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
सबै स्थानीय निकायहरुले आ-आफ्नो नागरिकलाई राख्न मात्र क्वारेन्टाइन बनाएको र हाम्रो खुल्ला सीमाना भएको र सिमानाबाट आवतजावत हुन सक्ने र त्यस्ता नागरिक लाई राख्न कठिन हुनसक्ने भएकाले यसको आवश्यकता महसुस गरेर बनाएको बताउनु भयो ।
यहाँबाट २ घण्टामा राम्रो स्वास्थ्य सुबिधा भएको स्थानमा पुग्न सक्ने र अन्य जिल्लाबाट पनि स्थान्तरण गर्नुपर्ने हुन सक्ने भएकोले यसको अपरिहार्यता जरुरी भएको कुरा बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक त्यसैगरी शसस्त्र प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक साथै जिल्लाका नेपाली सेनाका प्रतिनिधि र वागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, ब्यबस्थापन प्रमुख गजेन्द्र साह, कार्यक्रम प्रबन्धक दिवाकर झा लगायतको उपस्थिति भएको थियो ।
संस्थाका कार्यकारी निर्देशक भण्डारीले कोभिड १९ बिरुद्धको लडाईमा हामी सबै एक भएर लाग्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले श्रोत साधनहरुको उपलब्धता अनुसार वागमती सेवा समाजले प्रदेश नं. २ का प्राय सबै जिल्लाहरुका जिल्ला अस्पतालहरुमा बिभिन्न खालका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको र सर्लाही जिल्लामा ११ क्वारेन्टाइनहरु तथा स्वास्थ्य चौकीहरुमा यस्ता स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउदै जाने लक्ष्य रहेको बताउनु भयो ।
जिल्ला बिपद व्यबस्थापन समिति सर्लाहीको मातहातमा रहेको जिल्लाको एक मात्र क्वारेन्टाइन हो । यस क्वारेन्टाइनहरुमा हाल २२ जना भारतीय नागरिकहरु बसिरहेका छन् भने यसको क्षमता १०० जनाको रहेको छ ।


2681 पटक हेरिएको 

