हिमालमा बढ्दो फोहोर नियन्त्रण गर्ने लगायत जलवायु सम्बन्धी ७ बुँदे घोषणापत्र जारी

  वास खबर सम्वाददाता  309 पटक हेरिएको

काठमाडौ : हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने लगायत जलवायु न्यायका निम्ति विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा ७ बुँदे घोषणापत्र जारी गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी विभिन्न क्षेत्रसँग सम्बद्ध १९ महिलाहरूले जलवायु परिवर्तनका कारण महिलामा पारेको प्रभावलाई केन्द्रमा राखेर घोषणापत्र जारी गरिएको हो ।

साथसाथै फाउन्डेसनको आयोजनामा सगरमाथा आधार शिविर पुगेका उनीहरुले ‍‍ सरकार र अन्तर्राष्ट्रिय निकायहरूलाई जलवायु परिर्वतनको असरबारे संवेदनशिल हुन ध्यानाकर्षण गराएका छन् ।

जलवायु परिवर्तनका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा र खुम्बु क्षेत्र सहित अन्य हिमालहरुमा देखिएका असरहरुको बारेमा विभिन्न तहका सरकारहरुको गम्भीर ध्यानाकर्षण गराउने, खुम्बु क्षेत्रसहित नेपालका विभिन्न भागमा जलवायु परिवर्तनले महिलाको जीवनशैलीमा ल्याएका समस्या सम्बोधनका लागि राष्ट्रिय( अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग पहल गर्ने लगायतका विषय घोषणापत्रमा छन् ।

यस्तै जलवायु न्याय, अनुकूलन र न्युनिकरणका लागि स्थानीयस्तरमा पहलकदमी गर्नुका साथै त्यसमा महिलाको सहभागिता सुनिश्चित गर्ने र हिमाल वरपर बढ्दो फोहोरमैला नियन्त्रण गर्ने र पुनस् प्रयोग गर्न सकिने फोहोरवस्तुलाई प्रोत्साहित गर्न सरोकारवाला निकायलाई जागरुक गराउनुका साथै जनचेतना जगाउने, हिमालय क्षेत्र सहित विभिन्न ठाउँमा पर्यटन प्रबर्द्धन गर्दै जाने पनि घोषणापत्रमा उल्लेख छ ।

फाउनण्डेसनकी अध्यक्ष प्रजिता कार्कीले घोषणा पत्र जारी गर्दै प्रकृति बचे मात्र प्राणी रहने भएकाले यो समय प्रकृतिलाई पनि न्याय गर्ने बेला भएको बताउनुभयो । जलवायु परिवर्तनको असरबाट सबैभन्दा बढी महिला र बालबालिका पीडित रहेकाले यसको न्यूनीकरणमा विश्व समुदाय जुट्नुपर्ने उहाँको धारणा थियो ।

मधेसी आयोगका सदस्य रेणुदेवी शाहले हिमालमा देखिएको जलवायु परिवर्तनको असरबाट मधेस पनि अछुतो नरहेकाले न्यूनीकरणका लागि सबै हातेमालो गर्दै एकजुट हुन आह्वान गर्नुभयो। जलवायु परिवर्तनका कारण मधेसको कृषि प्रणालीदेखि त्यहाँका महिलाको जनजीविकामा समेत प्रत्यक्ष असर परेको स्मरण गराउँदै क्षति न्यूनीकरणका लागि हिमाल, पहाड र तराईको साथ अपरिहार्य रहेको उहाँको भनाई थियो ।

यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष रोजिना प्रधान राईले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्वभर छरिएर रहेका नेपाली एक ठाउँमा उभिने प्रतिबद्धता वयक्त गर्नुभयो। कार्यक्रममा शिक्षाविद् दुर्गा भट्टराई, मिस नेपाल शृच्छा प्रधान, मितिनी नेपालका संस्थापक अध्यक्ष लक्ष्मी घलान, नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि डा।रशिला प्रधान लगायतले जलवायु परिवर्तनको असरले महिलामा परेको असरबारे आ(आफ्नो विचार व्यक्त गर्नुभएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार