काठमाडौ : खानेपानी तथा ढल ब्यवस्थापन बिभागमा कार्यरत इन्जिनियर किरण रिजालको ‘नजरका इशारा’ गजल गीत सार्वजनिक भएको छ। यस अघि आँखा भरिबाट चर्चा बटुल्न सफल रिजालले यसपटक नजरका इशाराको रचना गरेका हुन्।
सरकारी सेवामा रहेर पनि नेपाली साहित्य र संगीतलाई माया गर्ने रिजालले ‘नजरका इशारा’लाई पनि दर्शकबाट माया र हौसला पाउने अपेक्षा गरेका छन् । RAY OF ART नामक यट्युब च्यानलमा सार्वजनिक गरिएको गीत गजल हालसम्म ८ हजार ७ सय पटक हेरिएका छन् ।
कमल बिष्ट र शशी बिक्रम थापाको संगीत रहेको गजलमा कमल बिस्टले स्वर दिएका छन। हेना नगरकोटि र राज पौडेलको अभिनय रहेको उक्त गजल नारायण मगरको निर्देशनमा तयार गरिएको हो । क्यामेरामा ज्ञानेन्द्र शर्माको टीमले राम्रो साथ दिई गजललाई भिडियो मार्फत दर्शकहरु माझ ल्याएको गीतका रचनाकार रिजालले बताएका छन् ।


933 पटक हेरिएको 

