धनकुटा : पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएको १८ महिनामा धनकुटा जिल्लाका २ गाउँपापलिका र १ नगरपालिकाका ६ वटा वडा पुर्ण सरसफाइ उन्मुख वन्न सफल भएका छन् ।
मंसिर ५ गते सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजार धनकुटा जिल्लाकै पहिलो पुर्ण सरसफाइ उन्मुख वडा घोषणा भएपछि पुर्ण सरसफाइ कार्यक्रम सञ्चालन भएका अन्य वडाहरुमा समेत यसको प्रभाव पर्दै गएको हो ।
यस्तै पुस १७ गते महालक्ष्मी नगरपालिकाको वडा नंं. ३ डाँडागाउँ पुर्ण सरसफाइ उन्मुख घोषणा भएपछि सागुरीगढी गाउँपालिकाकै वडा नं.७ र ८ पनि २८ गते पुर्ण सरसफाइ उन्मुख बनेको छ ।
यस्तै पुस २९ गते शहिदभुमी गाउँपालिकाको वडा ६ र ७ लाई पनि पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । यही माघ १५ गते सम्ममा अन्य ६ वटा वडाहरु पनि पुर्ण सरसफाइ उन्मुख वडा भइसक्ने लक्ष्य पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

फण्डवोर्ड काठमाडौं र पर्डेप नेपाल बीच ०७३ असार ३१ गते धनकुटाका १२ वटा वडालाई पुर्ण सरसफाइ सम्वन्धी कार्यक्रम सञ्चालन गरी पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्ने सम्झौता भएको थियो ।
शहिदभुमी गाउँपालिकाको वडा ६ र ७ लाई पनि पुर्ण सरसफाइ उन्मुख घोषणा कार्यक्रममा पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेलले पानी र सरसफाइको निकट सम्वन्ध भएकाले हरेक जनतालाइ सुरक्षित पानीको पहुँच सम्म पु¥याउनका लागि जनप्रतिनिधिहरुले पहल गर्नुपर्ने वताउनुभयो ।
प्रतिनिधि सभा सदस्य राजेन्द्र राइले पर्डेप नेपालले खानेपानी र सरसफाइमा गरेका उल्लेखनिय भुमिका प्रति धन्यवाद व्यक्त गर्दै साविकको आँखीसल्ला गाउँलाई बधाइ तथा शुभकामना दिनुभयो ।
पर्डेप नेपालले धनकुटाका सवै वडा, नगरपालिका र गाउँपालिका गरी सिंगो जिल्लालाई नै पुर्ण सरसफाइ बनाउने लक्ष्य लिएको छ । हाल धनकुटा जिल्लामा ३ वटा नगरपालिका र ४ वटा गाउँपालिकाहरु रहेका छन् ।


940 पटक हेरिएको 

