• खानेपानी पर्खिरहेका भकुण्डेबासी

    बागलुङ : उत्तरतर्फ देखिने हिमाली श्रृंखला र पाहुनाको सत्कारका लागि तयार गरिएका होमस्टे र अर्गानिक खानाको परिकारले यहाँको भकुण्डे पर्यटकको उपयुक्त गन्तव्य स्थल हो । तर भकुण्डेमा सडक पूर्वाधारको अभाव छ । भएका सडक सञ्जाल जीर्ण छन् । ठेक्का लागेका सडक पनि समयमा नबन्दा स्थानीयले दुःख पाएका छन् । चाहेर पनि आउने ...

  • खानेपानीको संघर्षमा मधेशको ४५ लाख जनसंख्या, चुनावी वाचामै सीमित

    रौतहट : मौलापुर–६, पथराबुधराम गाउँकी सुगन्धी देवीले २१ फागुनमा चुनाव हुँदै छ भन्ने सुनेकी छन् । भोट माग्दै कोही नेता भने आइपुगेका छैनन् । कोही नेतासँग भेट भए एउटै विषय उठाउने धोको छ, त्यो हो, खानेपानीको समस्या । सुगन्धीको घरमा रहेको चापाकलबाट सुक्खायाममा पानी आउँदैन । ‘डिप बोरिङ’ मा पानी थाप्न दिनमै दर्जनौ...

  • डा.रोशन राज श्रेष्ठ World Toilet Organization का अध्यक्ष नियुक्त

    काठमाडौं : विश्व सरसफाइ अभियानमा अग्रणी अन्तर्राष्ट्रिय संस्था World Toilet Organization (WTO) ले डा.रोशन राज श्रेष्ठलाई आफ्नो अध्यक्ष पदमा नियुक्त गरेको घोषणा गरेको छ। विश्वभर सुरक्षित र दिगो सरसफाइ सुनिश्चित गर्ने अभियानमा यो नियुक्तिलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। ३७ वर्षभन्दा बढी समयदेखि एशिया र अफ्रिकामा ...

  • दाङमा ७० प्रतिशत घरधुरीको पाइप प्रणालीको खानेपानीमा पहुँच

    दाङ : जिल्लामा ७० प्रतिशत नागरिकको घरमा पाइप लाइनमार्फत खानेपानीको सेवा पुगेको छ । खानेपानी तथा सरसफाइ कार्यालय दाङका अनुसार ७० दशमलव २९ प्रतिशत घरधुरीमा पाइप लाइन मार्फत खानेपानीको सुविधा पुगेको हो । अझै पनि करिब २९ प्रतिशत नागरिक पाइप लाइन मार्फत खानेपानीको पँहुच बाहिर छन् । उनीहरूले खोला, जरुवा, इनारको पानी ...

  • जसले धारा दिन्छ उसैलाई भोट

    सिन्धुपाल्चोक : भूकम्पअघि सुनकोशी गाउँपालिका–४, यमुनाडाँडा मिजार बस्तीका दर्जनभन्दा बढी घरधुरीले भगटेपँधेरोस्थित दुई वटा ढुङ्गेधाराको पानी उपभोग गर्थे । उक्त धारामा पानी लिन करिब २० मिनेटदेखि ३० मिनेट समय लाग्थ्यो तर २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उक्त दुई वटै धाराको पानी जमिनभित्र भासियो । बर्सौंदेखि सो...

  • झुम्सा खानेपानी, २०५२ साल देखिको चुनावी एजेण्डा

    बुटवल : हरेक चुनावमा उम्मेदवारको चुनावी मुद्दा बन्दै आएको झुम्सा खानेपानी आयोजना तीन दशक हुँदा पनि अझै पूरा भएको छैन । २०५२ सालमा सुरु भएको झुम्सा खानेपानी आयोजना २०५६ सालदेखि हरेक पटक चुनावी मुद्दा हुने गरेको छ तर चुनाव सकिएपछि आयोजना पूरा गर्ने विषयमा भने बेवास्ता हुँदा बुटवलवासीको झुम्साको शुद्ध पानी खाने सपना क...

  • खानेपानी डिभिजन कार्यालयको अर्ध बार्षिक खर्च ४९ प्रतिशत

    दाङ : लुम्बिनी प्रदेश सरकार, उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसफाइ कार्यालय दाङले चालु आर्थिक वर्षको ६ महिनामा करिब ४९ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक बर्षको ६ महिनाको अवधिमा ४८ दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको कार्यालय प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार कार्या...

  • ‘भोट हालेर अघाइयो, तर पेट भरिने गरी पानी अझै आएन’

    तनहुँ : व्यास नगरपालिका– १० की समिना बोटे उमेरले दुई पटक मतदान गर्न योग्य भइसकिन्, तर उनले मतदाता परिचयपत्र बनाएकी छैनन्, न त बनाउने जाँगर नै छ । आमाबुबाले पटक–पटकका निर्वाचनमा मतदान गरेको देखे–बुझेकी समिनालाई भोट हालेर केही हुन्छ भन्ने विश्वास लाग्न छाडेको छ । उनले भनिन्, ‘अहिलेसम्म आमाबाउले भोट दिएकै हुन् । न ...

  • खानेपानी समस्या समाधानका लागि बोर्ड गठन गरिएको हो : नगर प्रमुख खड्का

    तुलसीपुर : दाङको तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले पालिकाभित्रको खानेपानी समस्या समाधानका लागि ऐन निर्माण गरी खानेपानी बोर्ड गठन गरिएको बताउनु भएको छ । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र तुलसीपुर उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास सम्बन्धी ...

  • जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय: बाह्र सय भन्दा बढी आयोजनामा आठ सय मात्र सम्झौता

    वीरेन्द्रनगर : कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको बजेट अझै ४० प्रतिशत कार्यान्वयनमा जान सकेको छैन । १० जिल्लामा रहेका कार्यालय प्रमुखहरूले दिएको जानकारी अनुसार १२ सय ८६ आयोजनामध्ये ८४६ वटा आयोजनाको मात्र सम्झौता भएको विवरण प्राप्त भएको छ । आयोजना कार्यान्वयनमा सबैभन्दा कमजोर मुगुस्थित खानेपानी सिँ...