काठमाडौ : एसियाली विकास बैंकले समुदायद्वारा व्यवस्थापन गरिएका खानेपानी तथा सरसफाइ योजनका लागि १३ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गर्ने भएको छ । एडिबी सञ्चालक समितिको बैठकले नेपालका २० नगरपालिकाहरुमा कार्यक्रम सञ्चालनका लागि करिब १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको हो । ती नगरपालिकामा करिब २० अर्ब रुपैयाँ भन्दा बढी...
खानेपानी
-
-
कैलाशधाममा लिफ्टबाट खानेपानी
कावासोती : नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पु-याइएको छ । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो । कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको रु २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट...
-
डिप बोरिङले तीन गाउँका ट्युवबेल सुके
कपिलवस्तु : बुद्धभूमि नगरपालिका १० देवपुराकी ७० वर्षीया मुरली केवटले ४ दिनदेखि नुहाउनु भएको छैन । ‘जीउ चिलाएर खपी नसक्नु भयो,’ उहाँले भन्नुुभयो ‘अब के गर्ने, कता जाने तनावमा छु ।’ उहाँ जस्तै लौहरौलाका गोरख केवटका बस्तुभाउ पनि प्यासमै छन् । ‘आफूलाई पिउन पानी छैन, बस्तुलाई कहाँबाट ल्याऊँ पानी ? पानी नपाएर गाईभैंसी दि...
-
एक घर एक धारो बनेसँगै पँधेरो जाने चलन हट्यो
उदयपुर : घर–घरमा धारो पुगेपछि पानीका लागि पँधेरो जाने चलन हराएको छ । पँधेरो जानेभन्दा पानी लिन मात्र होइन भन्ने बुझिन्थ्यो । गाउँबस्तीका महिला भेला भएर आपसमा हालखबर साट्ने र दु:ख सुखका कुरा गर्ने थलोका रूपमा पनि परिचित थियो । हात हातमा मोवाइल, मोबाइलमा इन्टनेट भएपछि कुराकानी गर्न भेट्ने चलन हराएको छ । पहिले पहि...
-
ट्यांकरको अनुगमन र ढलको व्यवस्थापन गर्न निर्देशिका मस्यौदा समिति गठन
काठमाडौं : खानेपानी मन्त्रालयले पानी बोक्ने ट्यांकरको अनुगमन र देशभर ढलको व्यवस्थापन गर्न निर्देशिका मस्यौदा समिति बनाएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकले देशभर ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने...
-
क्षेत्राधिकार अन्यौलले खानेपानी आयोजनाको काम रोकियो
बागलुङ : बजेट र क्षेत्राधिकार अन्योलका कारण यहाँ सञ्चालित खानेपानी आयोजनाको काम रोकिएको छ । जिल्लाभर ‘एक घर एक धारा’ निर्माण गर्ने गरी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मार्फत ७० आयोजना सञ्चालन भएकामा गत असार मसान्तमा उक्त कार्यालय खारेज भएपछि ती आयोजना कसले सञ्चालन गर्ने भन्नेबारे अन्योल भएका कारण काम रोकिएको डिभिजन...
-
गोदावरी नगरपालिकाले शुरु ग-यो, पानीका स्रोतको सम्भाव्यता अध्ययन
ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाले पानीका स्रोतको सम्भाव्यता अध्ययन सुरु गरेको छ । घरघरमा पानी सहितको धारा भन्ने नारालाई साकार पार्न पानीका स्रोतको संभाव्यता अध्ययन गर्न थालिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । नगरबासीले भोग्दै आएको खानेपानी अभाव कम गर्न पानीका स्रोतको संभाव्यता अध्ययन थालिएको उ...
-
तीन सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय
दमौली : तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो । पुराना पोखरी सं...
-
पचास परिवार ४७ वर्षदेखि एउटै इनारको भरमा
भद्रपुर : भद्रपुर समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको गौरीगञ्ज गाउँपालिका–५ को डाँगीटोल पुगेपछि पत्याउनैपर्ने हुन्छ, किनकि त्यहाँका ५० परिवार अझै पनि एउटै इनारको पानीमा नि...
-
नलगाडमा खानेपानीको यस्तो दुःख, छानोको पानी थाप्दै पिउँदै
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका ३, चाउलेचौर र सानावनमा खानेपानी अभाव भएको छ । गाउँमा खानेपानीको आपूर्ति नहुँदा स्थानीय बासिन्दा खोलाको दूषित पानी पिउन बाध्य छन् । गत साउनमा आएको बाढीेपहिरोले खानेपानीको मुहान, टंकी र पाइप बगाएपछि गाउँमा खानेपानीको हाहाकार भएको हो । बाढीपहिरोले गाउँमा वर्षौंदेखि आपूर्ति हुँदै आ...







