अछाम १ चैत्र । अछामको कमलबजार नगरपालिका ४ घेगढका बासिन्दाले खानेपानीमा सुशासनको सफल अभ्यास मार्फत दीगो उपयोगको नमुना देखाएका छन् । कालीखोला मुहानबाट ल्याएको पानीलाई १० वटा सार्वजनिक धारा मार्फत समानुपातिक बाँडफाँट गरेका घेगढका बासिन्दाले हरेक धारामा महिला सम्भार कार्यकर्ताको व्यवस्था गरी खानेपानीको सानो समस्या उपभोक्त...
खानेपानी
-
-
गजरकोटमा पानीको दुःख : घाम लागे पिउन पायो, नलागे खोला धायो
तनहुँ २९ फागुन । तनहुँको गजरकोटका बासिन्दाले टलक्क घाम लाग्यो भने पानी पिउन पाउँछन् होइन भने खोला धाउनुको विकल्प छैन । ‘घाम लागे सोलार तातिन्छ र व्याट्रि चार्ज भएर पानी तान्न पाइन्छ, घाम नलागे व्याट्रि चार्ज हुन पाउदैन र पानी तान्न पनि पाइदैन’ गजरकोट बराहथान खानेपानी आयोजनाका अध्यक्ष चेतनारायण श्रेष्ठले भन्नुभयो । नजि...
-
खानेपानी संस्थानले २० लिटरको जार ल्याउने
काठमाडौ २६ फागुन । खानेपानी संस्थानले २० लिटरको खानेपानीको जार दुई हप्ताभित्र बजारमा ल्याउने भएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा उत्पादन गरी प्रशोधन गरिएको पानीको जारको मूल्य रु ५२ कायम गरिएको संस्थानका कामु प्रबन्धक भूपेन्द्र प्रसादले जानकारी दिनुभयो । संस्थानले पानी उत्पादन गरी वितरण गर्न सम्पूर्ण तयारी पूरा गरेको...
-
साप्सुखोलाको पानी दश ठाउँमा लिफ्ट गरेर दिक्तेलमा ल्याइदै
खोटाङ २६ फागुन । दिक्तेल नगरपालिकामा खानेपानी समस्या समाधान गर्न साप्सुखोलाबाट पानी पम्पिङ गरेर ल्याइने भएको छ । नगरपालिकामा बढ्दै गएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि दिक्तेल बजारबाट करिब १ हजार २ सय मिटर तलतिर रहेको खोलाको पानी बिजुली मार्फत पम्पिङ गरेर तान्ने तयारी भएको हो । खानेपानी तथा सरसफाइ मन्त्रालय ...
-
कोठा फोहोर भयो ? कस्तो भ्याकुम क्लिनर प्रयोग गर्ने ?
काठमाडौ : बाजे बराजुको पालामा जस्तो कुचोले मात्र कोठा सफा गर्ने जमाना गए अब । घरको कोठामा विछ्याएको उच्च गुणस्तरको कार्पेटमा झाडु वा कुचो लगाउने कुरा पनि भएन । त्यसैले तपाईले भ्याकुम क्लिनर प्रयोग गर्न थाल्नुभएको छ । तर कार्पेटमा पोखिएका विभिन्न वस्तुहरु भ्याकुम क्लिनरले सफा गर्दा पनि तानिदैन भने विचार गर्नुहोस् कि तप...
-
भेरीको पानी सुर्खेतमा लैजाने तयारी
सुर्खेत २५ फागुन । सुर्खेतमा भेरी नदीको पानी ल्याउने प्रक्रिया सुरु भएको छ । झुप्राखोला र भेरीको दोभानबाट मल्टीपम्प सिष्टमबाट सुब्बाकुनामा पानी ल्याएर सुर्खेत उपत्यकामा वितरण गर्न लागेको हो । खानेपानीको दीर्घकालीन समाधानका लागि १४ किलोमिटर टाढाको भेरी नदीबाट पानी तानेर सुब्बाकुनामा बनाइने इन्टेकमा जम्मा गरिनेछ । दुई वर...
-
म्याङलुङको पाथीभरामा खानेपानी
तेह्रथुम २४ फागुन । तेह्रथुम जिल्लाको म्याङ्लुङ नगरपालिका–१, बसपार्क नजिकैको डाँडामा पाथीभरा देवीको मन्दिरमा खानेपानीको सुविधा पुगेको छ । म्याङलुङ खानेपानी उपभोक्ता समितिले मन्दिरको दर्शन गर्न तथा घुमफिरका लागि आउने दर्शनार्थीलाई लक्षित गर्दै खानेपानी सुविधा पु¥याएको हो । मन्दिरको करिब ४५० मिटर तलबाट मोटरबाट पानी ...
-
खानेपानी अभावमा पाँचौं पटक बसाई सर्ने तयारी
कैलाली २३ फागुन । ६७ वर्षीय धर्म सिंह कैलालीको बाँसपानीमा बस्नुहुन्छ । १९ वर्षअघि खानेपानीको अभावमा बझाङबाट कञ्चनपुरको ज्यामिरपानीमा झर्नुभयो । त्यहाँपनि पानीकै अभाव भएपछि कैलालीको चुनेपानी सरेका धर्मसिंले त्यहाँ पनि पानीकै लागि समस्या झेल्नुप¥यो । त्यसपछि कैलालीकै बाँसपानी आएका धर्मसिंलाई बुढेसकालमा फेरि पानी खोज्दै ...
-
आँगनमा धारो, पानी लिन १ घण्टाको बाटो
दैलेख २३ फागुन । घरकै आँगनमा धारो छ, तर पानीको थोपा नझरेको तीन बर्ष वितिसकेको छ । हजारौं रकम खर्च गरेर बनाएको धारोको छेउमा मल थुपारिएको छ भने, सँगै घाँस राख्ने टौवा पनि बनाइएको छ । दैलेखको बराह ९ की मानकुमारी बुढाको घरको आँगनमा धारोको यस्तो हालत देखेपछि हामीले यसबारेमा मानकुमारीलाई सोध्यौ । सुन्नुहोस् अडियो । नेपाल स्...
-
पर्वतमा खानेपानी भर्न चिट्ठा प्रणाली
पर्वत २३ फागुन । अरु बार भुलेपनि महिनाको अन्तिम शनिबार कसैले भुल्दैनन् । हरेक महिनाको अन्तिम शनिबार खानेपानी भर्ने पालोका लागि चिट्ठा निकालिने भएकाले पर्वतको शालिग्राम ५ हनुमानडाँडाको बस्तीमा अन्तिम शनिबार विशेष महत्वको दिन हुने गर्दछ । महिनाको अन्तिम शनिबार टिप्ने चिट्ठाबाट अर्को महिनाभरिका लागि पानी भर्ने पालो तोकि...

