श्रीखण्डपुरमा फोहोरपानीबाट ग्यास निकालेर पाँच घरलाई वितरण, यसरी निकालिन्छ ग्यास (अडियो)

काभ्रे ५ चैत्र । धुलिखेल नगरपालिकाको वडा नं. ८ र ९ मा फोहोरपानीबाट ग्यास निकालेर पाँच घरलाई वितरण गर्दै आएको छ । श्रीखण्डपुर ढल प्रशोधन केन्द्रले ढलको पानीबाट ग्यास निकालेर प्रति घर मासिक ५ सयका दरले पाँच घरलाई उपलब्ध गराएको हो ।

श्रीखण्डपुरको १ सय २५ घरको ढल प्रशोधन केन्द्रमा जडान गरिएको छ । ढल प्रशोधन केन्द्रमा २ वटा वायोग्यास प्लान्ट जडान गरिएको छ । फोहोर पानीलाई प्रशोधन गर्नका लागि ६ वटा सीमसार बनाएको छ । सीमसारमा गिट्टी विछ्याएको छ भने गिट्टीमै नरकट रोपिएको छ ।

ढल प्रशोधन केन्द्र बनाउनु अघि सीधै ढल बग्ने पूण्यमाता खोलामा अहिले सफा पानी वग्छ । पूण्यमाता खोला काभ्रेकै नाला हुदै बगेर आउने भएकाले श्रीखण्डपुरले मात्र नभई नाला क्षेत्रका बासिन्दाले पनि प्रशोधन गर्नुपर्ने आवाज उठ्न थालेको छ । ढल प्रशोधन विधिका बारेमा सुनौं श्रीखण्डपुर ढल प्रशोधन केन्द्र उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर कर्मचार्यको अनुभव :

https://soundcloud.com/user-186223667/purna-bahadur-karmacharya-final

श्रीखण्डपुर ढल प्रशोधन केन्द्र निर्माणका लागि UN habitat तथा वातावरण र जनस्वास्थ्य संस्था (Enpho) ले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो ।

८ बर्ष अघि निर्माण गरिएको ढल प्रशोधन केन्द्र अहिलेसम्म स्थानीय बासिन्दाकै कुशल व्यवस्थापनमा सञ्चालन हुदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार