सेनाले गरे, पर्यटकीयस्थल रुपाकोट डाँडाको सफाई

खोटाङ १९ वैशाख । खोटाङ सदरमुकाम दिक्तेलबाट ३ घण्टाको पैदल यात्रापछि पुगिन्छ पर्यटकीय स्थल रुपाकोट डाँडा ।     नयाँ वर्ष, उभौली, उद्यौली लगायतका चाडपर्व र पिकनिकका लागि रुपाकोट पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहोर फ्याँक्दा रुपाकोटको प्राकृतिक स्वरुप पूरै विग्रन थालेको थियो ।

पर्यटकीय स्थल विरुप हुदै गएपछि सेनाको शेरगण मुढे व्यारेकको आँखा प¥यो । सेनाले आज रुपाकोटडाँडाको सरसफाई गरेको छ । पर्यटकीयस्थलमा फोहोरमैला बढ्न थालेपछि शेरगण मुढे व्यारेक दिक्तेलका नेपाली सेनाले रुपाकोटको डाँडा र डाँडासम्म पुग्ने बाटो सरसफाई गरेको हो ।

सेनाले चारैतिर छरिएको बिस्कुट, चाउचाउ, चकलेट, बियर, मिनरल वाटर, पेप्सी, स्प्राइटको खाली बोत्तल सफाइ गरी जल्ने फोहोरलाई जलाएको र नजल्नेलाई खाल्डो खनेर पुरेको गणपति डम्बर आले मगरले बताउनुभयो ।

रुपाकोट पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले जथाभावी फोहोरमैला फ्याँदा रुपाकोट लगायत अन्य पर्यटकीय स्थलको समेत सुन्दरता घट्दै गएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार