यसरी बनाउनुहोस् पालिका स्तरीय वास कार्यविधि (नमुना सहित)

काठमाडौ : आफ्नो गाउँपालिका तथा नगरपालिका क्षेत्र भित्रको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विकास र प्रबर्धनका लागि हरेक गाउँपालिका तथा नगरपालिकाकाले खानेपानी, सरसफाइ र स्वच्छता कार्यविधि बनाउनुपर्छ । यस्तो कार्यविधि कतिपय गाउँपालिका तथा नगरपालिकाले बनाईसकेका छन् भने कतिले बनाउन बाँकी छ । कतिपय नगरपालिका भने निर्माण गर्ने क्रममा छन् ।

गाउँपालिका तथा नगरपालिका क्षेत्रमा पूर्ण सरसफाइ बनाउन योजना तर्जुमा गर्ने, खुल्ला दिसामुक्त क्षेत्र घोषणालाई दिगो बनाउदै पूर्ण सरसफाई सुनिश्चितता गर्ने, गाउँपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य, सरसफाइ र फोहोरमैला व्यवस्थापनका क्षेत्रमा काम गर्ने संघ संस्थाहरु बीच समन्वय गर्ने लगायत काम गर्न पनि कार्यविधि अनिवार्य निर्माण गरी कार्यान्वयन गर्नुपर्दछ ।

विकट जिल्ला कालिकोटको पलाँता गाउँपालिकाले भने केही समय अघि नै खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि निर्माण गरी गाउँकार्यपालिकाबाट पारित गराइसकेको छ । २०७४ सालमै निर्माण गर्न थालिएको कार्यविधिलाई २०७६ मा आएर मात्र मूर्त रुप दिइएको हो ।

हेरौं नमुनाको रुपमा पलाँता गाउँपालिकाकाले तयार पारेको वास कार्यविधि २०७४

https://washkhabar.com/np/wp-content/uploads/2019/07/WASH-Karebidhi-2076.docx

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार