धुर्मुस र सुन्तलीले गरे, बर्दिबास सरसफाइ

 

बर्दिबास : महोत्तरीको बर्दिबासमा हाँस्यकलाकार धुर्मुस र सुन्तलीले सरसफाई गर्नुभएको छ । बर्दिबास सरसफाइ महाअभियानको ५३ औं दिनमा कलाकार धुर्मुस र सुन्तलीले ‘फोहोर मलाई’ लेखिएको डस्टबिन बोकेरचोकचोकमा फोहो्र खोज्दै हिड्नु भएको थियो । धुर्मुस सुन्तलीलाई राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल र प्रदेश सभा सदस्य सारदा थापा सहितले साथ दिनुभएको थियो ।

गत भदौंको अन्तिम साता बाट ‘बर्दिबास नगर, फोहोरमैला मुक्त शहर’ भन्ने मुल नाराका साथ सरसफाइ अभियान सञ्चालन भईरहेको छ । सरसफाइ अभियान प्रभावकारी बन्दै गइहेको सरसफाइ तथा फोहोरमैला व्यवस्थापन समिति तथा वडा १ का वडाध्यक्ष चुडामणी पोखरेलले बताउनुभयो । उहाँका अनुसार २८ वटा संघसंस्थाको सक्रियातामा बर्दिबास चोक दैनिक सरसफाइ गरिदैं आएको छ ।

सरसफाइ पछि आयोजित कोण सभामा राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले सामाजिक परिवर्तनको अभिायानमा सबै राजनीतिक दल एवं संघसंस्थालाई काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार