बाराको सरसफाइ टोलीद्वारा बर्दियाको पूर्ण सरसफाइ क्षेत्रको अध्ययन भ्रमण

 

वर्दिया : वर्दिया वाराको सरसफाइ टोलीले वर्दियाका पूर्ण सरसफाइका नमूना टोलमा २ दिने स्थलगत अध्ययन अवलोकन भ्रमण गरेको छ । SNV को सहयोग र जन जागरण युवा क्लब (JJYC ) बाराको सहजिकरणमा संचालित खुल्लादिसामुक्त पश्चातको पूर्ण सरसफाइ कार्यक्रम अन्तर्गत स्थलगत अध्ययन अवलोकन भ्रमण आज सम्पन्न गरेको हो ।

GSF/UN Habitat को सहयोग तथा IDS Nepal/MayusBardiya को सहजीकरणमा विकास भएका राजापुर नगरपालिका वार्ड नं. १ टिहुनी टोल र वढैयाताल गांउपालीका वार्ड नं. ७ को समरपूर टोलमा अवलोकन भ्रमण गरेको छ । स्थलगत अध्ययन भ्रमणमा वाराका कोल्हवी न.पा. वार्ड १० वाडाध्यक्ष सुरेन्द्र प्रसाद चौधरी, परवानीपुर गा.पा.र अमाव गा.पा.का वडा सदस्यहरु साथै आयोजक संस्थाका उपाध्यक्ष राजदेव साह, जिल्ला कार्यक्रम संयोजक नरेश साह, सरसफाइ अधिकृत हरेराम ठाकुर, राजेश्वर यादव, कार्यक्रममा अवद्ध १४ जना सरसफाइका कर्मचारीहरुको टोलीको सहभागिता थियो ।

भ्रमणको क्रममा, कोल्हवी न.पा. १०, वाराका वडा अध्यक्ष सुरेन्द्र चौधरी, कार्यक्रम संयोजक नरेश साह, उपाध्यक्ष राजदेव साहले स्थानीय स्तरमा गरिएका सरसफाइका प्रयासहरु अत्यन्तै सराहनीय र प्रभावकारी रहेको तथा प्रयास गरे कुनै पनि काम असम्भव रहेनछ भन्ने अभिव्यक्ति सहितको मन्तब्य राख्नु भएको थियो ।

त्यसै गरी वर्दिया वढैया तालका गाउँपालिकाका उपाध्यक्ष दिपा गौतमले पालिकामा धमाधम सरसफाइ नमूना समुदाय वन्दै गरेको समरपूर एक मूक्तकमैया वस्ती भएको र दलित मधेसी र थारु समूदाय भएर पनि सरसफाइमा फड्को मारेकोमा मूक्त कण्ठले प्रसंसा गर्न चाहन्छु र पालिकाले थप सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यसैगरी राजापुर न.पा. १ को वडाध्यक्ष खुसिराम थारुले तथा वडा ससफाइ सुधार समितिका अध्यक्ष केशुराम थारुले टोललाई अझ सुधार गर्दै पूर्ण सरसफाइको प्रत्याभुति गराउने प्रतिबद्धता ब्यक्त गरिएको कुरा संस्थाका कार्यक्रम संयोजक नरेश साहले जनाउनु भएको थियो ।
सम्भवले भ्याएसम्म भरपूर प्रयासका साथ सरसफाइका सम्मूर्ण सूचकहरुको व्यवस्थापन अति सुन्दरताका साथ स्थानिय स्रोत साधनको प्रयोग र स्थानीय कलाको प्रयोग गरिएको समुदाय वनेकोमा मूक्तकण्ठले प्रशंसा गरी आफ्नो समुदायहरु यस्तै वनाउने प्रतिवद्धता सहभागीले जनाएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार