वास प्लान नबनाए सरकारले खानेपानीमा बजेट नदिने

 

बर्दिया : बर्दियाका आठ वटै स्थानीय तहले खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण गरिरहेको छ । प्रदेश ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा बर्दियाको गुलरियामा भएको स्थानीय खानेपानी, सरसफाइ र स्वच्छता योजना (Local WASH Plan) निर्माण सम्बन्धी जिल्ला स्तरीय समीक्षा बैठकमा आठै वटा पालिकाका प्रमुख तथा प्रतिनिधिहरुले आ -आफ्नो पालिकाको हाल सम्मको प्रगति पेश गरेका थिए । समीक्षा अनुसार राजापूर नगरपालिका, वाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकाको वास प्लान निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने अन्य पालिकाको समेत वास प्लान निर्माण भईरहेको छ ।

प्रदेश ५ लाई खानेपानी तथा सरसफाइको क्षेत्रमा नमुना वनाउने लक्ष्यका साथ बनाईएको नीति तथा कार्यक्रम अनुरुप प्रदेश नं. ५ को सरकारले सवै स्थानीय तहमा वास प्लान बनाउन समन्वय गरिरहेको छ । MWATER मोवाइल एपबाट डाटा संकलन गरी प्रत्येक घरधुरी, खानेपानी आयोजना तथा सार्वजनिक तथा निजी संघ संस्थाको खानेपानी तथा सरसफाइको वस्तुगत जानकारी डाटा संकलनवाट भइरहेको छ । पालिकाको वजेट कार्यक्रम सुरु हुनु भन्दा अगाडि अर्थात २०७७ जेठ महिना सम्ममा वास प्लान निर्माण गरी ३ वर्ष भित्रमा प्रगति निकाल्ने गरी कार्यान्वयन गराउने नीति प्रदेश सरकारको छ ।

प्रदेश नं. ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाइ महाशाखा प्रमुख ध्रुब धितालले तोकिएको समयमा वास प्लान नबनाए खानेपानी सम्वन्धी नयाँ योजनामा प्रदेश सरकारले वजेट बजेट उपलब्ध नगराउने बताउनुभयो । वर्दिया जिल्लामा वास क्षेत्रमा विभिन्न संघ संस्थाहरुले सहयोग तथा सहजीकरण गरिरहेका छन । वाँसगढी नगरपालिकाले पहिले नै वास प्लान निर्माण गरिसकेको भएपनि नयाँ एप अनुसारको डाटा राखी परिमार्जन गर्दैछ । वर्दिया जिल्लाका लागी वास प्लान निर्माणको सहजीकरणका लागि निमित्त संयोजकको रुपमा यज्ञराज जोशीलाई पठाएको छ ।

GSF/UN Habitat को सहयोग तथा IDS Nepal/Mayus Bardiya को सहजीकरणमा सञ्चालन भईरहेको पूर्ण सरसफाइ कार्यक्रम गेरुवा गाउँपालिका, बढैयाताल गाउँपालिका, बाँसगडी नगरपालिका र राजापुर नगरपालिकामा २०७६ माघ भित्र वास प्लान बनाई सक्ने योजना भए पनि प्रदेशको समन्वयमा वास प्लान बनाउने प्रक्रियामा केही फरकपना आए पछि वास प्लान निर्माणमा ढिलाई भएको Mayus Bardiya  का जिल्ला संयोजक तारा वहादुर खातीले जानकारी दिनुभयो । उहाँले चैत्र मसान्त २०७६ भित्रमा वास प्लान निर्माण गरिसक्ने जानकारी गराउनुभयो ।

समीक्षा बैठकमा आठ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधीहरु, प्रमुख प्रशासकीय अधिकृत, पालिका सरसफाइ सम्पर्क व्यक्ति, सूचना अधिकारी र वास क्षेत्रमा सहयोग र सहजीकरण गरिरहेका संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो । बैठकमा प्रदेशको योजना अनुसार नै तोकिएको समयमा वास प्लान निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले विभिन्न सहयोग तथा सहजीकरण गर्ने संस्थाहरुको पनि सहयोग लिई सरसफाइ अभियानलाई अगाडि वढाउने बताएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार