दफा ८ मा अड्कियो खानेपानी विधेयक : खानेपानी सचिव बेल्बासे

🔗
2
Shares

काठमाडौ : खानीपानी तथा सरसफाइ विधेयकको दफावार छलफल भईरहेको र दफा ८ मा पुगेर अड्किएको खानेपानी सचिव माधव बेल्बासेले बताउनुभयो । दफा ८ मा तीनै तहको सरकारको काम कर्तव्य र अधिकारका बिषयमा व्याख्या गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले आयोजना गरेको पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय कार्यशालाको उदघाटन गर्दै सचिव बेल्बासेले भन्नुभयो ‘अधिकारको कुरा आउने वित्तिकै अलि बिवाद चाहिं आउने रहेछ । अहिले पनि संघको अधिकार के रु प्रदेशलाई के कस्ता अधिकार दिने रु स्थानीय तहको भूमिकाको सवाललाई लिएर छलफल भईरहेको छ’ उहाँले भन्नुभयो । खानेपानी तथा सरसफाइ ऐन बनेपछि नियमावलीहरु बन्ने र प्रदेश ऐन बनाउने बाटो खुल्ने सचिव बेल्बासेले बताउनुभयो ।

सरसफाइ जस्तो आधारभूत कुरामा व्यवहार परिवर्तनको कुरा बढी हुने भएकाले लगानी भन्दा पनि जागरुकता ल्याउने कुरा बढी महत्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले खानेपानीको पर्याप्त व्यवस्था भएमा सरसफाइ पनि सुध्रिदै जाने भएपनि खानेपानीको डिजाइन गर्दा नै कन्जुस्याँई भईरहेको बताउनुभयो । ‘खानेपानी पर्याप्त भयो भने सरसफाइमा टेवा पुग्छ, पानी खन्याएर भए पनि बगाउँछ, प्रति व्यक्ति प्रति दिन ४५ लिटरबाट बढाएर बल्ल १३५ लिटर पुर्‍याएका त छौं, तर यो पनि पर्याप्त छैन’ उहाँले भन्नुभयो ।

सचिव बेल्बासेले हिमाल र तराईमा आवश्यक पर्ने पानीको मात्रा समान नहुने र भूगोल र पानीको खपतलाई ध्यानमा राखेर खानेपानी आयोजनाको स्टिमेट गर्न समेत सुझाव दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार