बढी भीडभाड हुने स्थानमा छरियो किटनाशक औषधि

काठमाडौ : काठमाडौ महानगरपालिकाले मानिसको सबैभन्दा बढी भीडभाड हुने क्षेत्रमा किटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो।

‘काठमाडौँ महानगपालिकाले बढी भिडभाड हुने वीरअस्पताल, भित्रि सहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल, कालीमाटी तरकारी बजार लगायत स्थानमा कीटनाशक औषधी छर्कन थालेको हो । महानगरपालिकाले सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्किने, सडक पानीले पखाल्ने, सडक ब्रुमरले सफा गर्ने जस्ता काम लकडाउनको समयमा पनि जारी राखेको जानकारी दिनुभयो ।

काठमाडौ महानगरपालिकाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ओटा ट्याङ्कर मार्फत कीटनाशक औषधि छर्किने प्रमुख शाक्यले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार