मेलम्चीको धारा जडान गर्न ९ वटा कागजात आवश्यक

काठमाडौ : काठमाडौ उपत्यकामा मेलम्चीको पानी आएपछि यसअघि धारा जडान नगरी बसेको घर धनीलाई पनि धारा जडान गरुँ गरुँ लागेका हुनसक्छ । तर धारा जडानका लागि आवश्यकीय कागजातबारे थाहा नपाउँदा तपाई अलमलमा हुनुहुन्छ होला ?

तपाईको निवेदनको आधारमा काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले धारा जडान गर्नेछ । नयाँ धारा जडान गर्न निम्न ९ वटा कागजातहरु आवश्यक पर्ने केयूकेएलले जनाएको छ ।

हेरौं आवश्यकीय कागजातहरु

१. घरको रंगीन फोटो (घर अगाडिको बाटो देखिने गरी)

२. धारा जडान हुने जग्गाको जग्गाधनी प्रमाण पूर्जाको नोटरी पब्लिकबाट प्रमाणित फोटोकपी

३. नागरिकताको प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित फोटोकपी

४. घर निर्माण सम्पन्न प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित फोटोकपी

५. नयाँ धारा जडानको लागि वडा कार्यालयको सिफारिस पत्र (सक्कल)

६. कित्ता प्रष्ट भएको नापी नक्सा (सक्कल)

७. सँधियारको धाराको कार्ड वा बिलको फोटोकपी

८. संयुक्त जग्गाधनी प्रमाणपूर्जा भएकोमा धारा जडान गर्ने नाउमा बाँकी हकदारहरुको वडा कार्यालयको रोहबरमा दिएको मञ्जुरीनामा (सक्कल)

९. संयुक्त जग्गाधनी प्रमाणपूर्जा भएकोमा सबै जग्गाधनीको नागरिकताको प्रमाणपत्रको नोटरी पब्लिकबाट प्रमाणित फोटोकपी ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले उल्लेखित विवरणहरु मध्ये कुनै कागाजत फरक परेमा सम्बन्धित निकाय वा वडा कार्यालयबाट फरक परेको विवरण एकै भएको व्यहोराको पत्र वा कागजात पेश गर्नुपर्ने जनाएको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार