काठमाडौ : तपाई काठमाडौ उपत्यकाबासी हुनुहुन्छ, तपाईको घरमा केयूकेएलको धारा पनि छ तर मेलम्चीको पानी नआए के गर्ने ? काठमाडौको धेरै घरपरिवारले झेलिरहेको समस्या तपाईको आफ्नै समस्या पनि हुन सक्छ ।
धारा बिग्रिए के गर्ने त ? यसका लागि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आफ्नै मापदण्ड छ । कम्पनीको मुख्य पाईप देखि घरसम्मको पाइप मर्मत गर्ने दायित्व स्वयं घरधनीको हुने केयूकेएलले जनाएको छ । तर कम्पनीले प्लम्बर भने निशुल्क उपलब्ध गराउने जनाएको छ । केयूकेएलले भनेको छ ‘यस कम्पनीको मुख्य पाईपमा गरेको होल देखि घरसम्मको ‘‘१/२” पाईपलाईन मर्मत गर्ने दायित्व ग्राहक स्वयमको हुन्छ । यस कम्पनीमा निवेदन दिए पश्चात ग्राहकको ‘‘१/२” पाईपलाईन मर्मतको लागि प्लम्बर निशुल्क उपलब्ध गराईन्छ ।’
यो तस्बिरले अझ तपाईको जिज्ञासा प्रष्ट गर्नेछ ।



1833 पटक हेरिएको 

