रेल विभागका महानिर्देशक शाक्य बनिन्, खानेपानी सचिव

काठमाडौ : खानेपानी मन्त्रालयको सचिवमा प्रमिलादेवी शाक्य (बज्राचार्य) नियुक्त हुनु भएको छ । विहीबार बसेको मन्त्रीपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागकी महानिर्देशक प्रमिलादेवी शाक्य (बज्राचार्य) लाई सचिवमा बढुवा गरी खानेपानी मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरिएको हो । सचिव शाक्यले शुक्रबारै सचिवको जिम्मेवारी सम्हाल्नुभएको छ ।


यस अघि खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले उमेर हदका कारण अवकाश लिए पछि मन्त्रालयका सहसचिव सुनिल कुमार दासले निमित्त सचिवको रुपमा मन्त्रालय सम्हालि रहनु भएको थियो ।

बिहीबारको मन्त्रीपरिषद बैठकले रेल विभागकी महानिर्देशक शाक्य सहित चार जना सहसचिवको बढुवा गर्ने निर्णय गरेको थियो । वैठकले वन तथा कृषि समुहबाट एकजना, इन्जिनियरिङ समूहबाट एक जना र र प्रशासन समुहबाट दुई जना सचिवमा बढुवा गरेको थियो ।

नेपाल सरकारको विशिष्ट श्रेणीको सचिव पदमा प्रशासन क्लष्टरवाट पदोन्नति हुने दामोदर रेग्मी र गणेश पाण्डे हुनुहुन्छ । यस्तै ईन्जिनियरिंगवाट प्रमिलादेवी शाक्य वज्राचार्य तथा वन तथा कृषि समुहवाट कृष्ण प्रसाद आचार्य सचिवमा बढुवा हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार