
काठमाडौ : मेलम्चीको खानेपानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालय (PID) ले विच्छ्याइएको पाइपलाइनमा ठूलो क्षति पुगेको छ । सडक विभाग, काठमाडौं चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माणको कार्य भइरहँदा PID बाट विच्छ्याइएका नयाँ ठूला पाइपलाइनमा क्षति पुर्याईएको हो ।
पाइपमा पुगेको क्षतिका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति समेत अवरुद्ध भएको छ । एक्ष्म् का आयोजना प्रवन्धक सहितको टोली र सडक विभागको टोलीले ढल निर्माण कार्यको निरीक्षण गरी फर्के लगत्तै ठूलो क्षति गराएको आयोजना उपनिर्देशक एवम् ई. चन्द्र कुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणका क्रममा खानेपानीका ठूला पाइपहरु रहेको चेम्बर देखिएको जानकारी गराए लगत्तैे आयोजना कार्यान्वयन निर्देशनालयको टोली बनस्थली क्षेत्रमा पुगेको थियो । ‘निरीक्षणका क्रममा खानेपानीका पाइपलाइनमा क्षति नपुग्ने गरी काम गर्न निर्देशन दिएर टोलीहरु फर्के लगत्तै निर्माण व्यवसायीका कामदारहरुले खानेपानी पाइपलाइनमा क्षति पुर्याईको पाईयो’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
पाइप फुटेर निस्किएको मेलम्चीको खानेपानी ढलबाट प्रवाह गराइएका कारण वनस्थली क्षेत्रको सडकमा पानी जम्न भने नपाएको स्थलगत अवलोकनबाट देखिएको उहाँले बताउनुभयो ।
खानेपानी जस्तो अत्यावश्यक वस्तुलाई विना अवरोध सुचारु गर्नका लागि एक्ष्म् ले आफ्नै खर्चमा पाइपलाइनको मर्मत कार्य शुरु गरेको छ । साथै क्षतिको प्राविधिक मूल्याङ्कन गरी क्षतिपूर्ति रकम तय भएपछि काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाबाट सोध भर्ना लिन आवश्यक प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । ।
खानेपानी वितरण प्रणालीका नयाँ ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका साना पाइप लाइनमा क्षति पुग्ने गरी कुनै पनि काम नगर्न/नगराउन पटक पटक आग्रह गर्दै आए पनि मेलम्चीका खानेपानी पाइप लाइनमा क्षति पु¥याउने क्रम नरोकिएको पिआईडीले जनाएको छ ।
सडक तथा ढल निर्माण/मर्मत र विद्युतका केवल तथा टेलिफोनका तार भूमिगत गर्ने कार्यबाट मेलम्चीका ठूला तथा साना पाइपलाइनमा क्षति पुग्न नदिनका लागि समन्वय गर्न र सतर्कतापूर्वक दक्षताका साथ काम गर्न/गराउन पिआईडीले अनुरोध समेत गरेको छ ।


1925 पटक हेरिएको 

