
बागलुङ : सधैंजसो खानेपानीको हाहाकार हुने गरेको बागलुङको जैमिनी नगरपालिका १० राङ्खानीको भेडीखर्कमा लिफ्टिङ खानपानी आयोजना सञ्चालनमा आएपछि खानेपानीको दुःख हटेको छ । जैमिनी नगरपलिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयुक्त लगानीमा भेडीखर्कमा खानेपानीको आयोजना सम्पन्न भएको
भएपछि खानेपानीको दुःख हटेको हो ।
खानेपानीको लागि निकै दुःख भोगिरहेका भेडीखर्कवासीहरु घर घरमा नै पानी आउन थालेपछि खुसी भएका छन् । पर्यटकीय क्षेत्र हाँडीकोट मूनि रहेको भेडीखर्कमा खानेपानीको सहजता भए सँगै होमस्टे कार्यक्रम सञ्चालन गर्न स्थानीय हौसिएका छन् । यसबाट स्थानीयको आयश्रोत बढ्ने विश्वास गरिएको छ ।
खानेपानीको अत्यन्तै समस्या रहेको भेडीखर्कमा नेवा सँगको सहकार्यमा जैमिनी नगरपालिका र स्थानीयहरुको निरन्तरको प्रयास पछि खानेपानी आयोजना सञ्चालनमा आएको जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकाका नगर प्रमुख नर बहादुर पुन, नगर उप प्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी, वडा नं १० का वडाध्यक्ष श्रीप्रसाद थापा लगायतको उपस्थितिमा हालै लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन गरी सञ्चालनमा ल्याईएको हो ।


530 पटक हेरिएको 

