
सिराहा : सुखीपुर नगरपालिकाले दलित बस्तीमा खानेपानीको व्यवस्था गर्ने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार दलित बस्तीमा खानेपानीको धारा जडान गर्न लागेको हो ।
नगरपालिकाका प्रमुख राम रौतर यादवका अनुसार एक घर एक धारा कार्यक्रम अन्तर्गत हरेक घरमा धारा जडान गर्न लागेको हो । नगरपालिकाको बार्षिक स्वीकृत बजेटबाट खानेपानी वितरणका लागि धारा जडान गर्न लागेको नगरपालिकाले जनाएको छ ।
उहाँका अनुसार चालू आर्थिक बर्षमा नगरपालिका भित्रका १० वटै वडामा खानेपानीको धारा वितरण गरिनेछ । नगरपालिकामा खानेपानीको अभाव भएकाले बोरिङ गरी खानेपानी व्यवस्थापन गरिने उहाँको भनाइ छ ।


437 पटक हेरिएको 

