
धनकुटा : धनकुटाको छथरजोरपाटी गाउँपालिकाको वडा नं.२ ध्वजेडाँडामा स्थानीयबासिन्दाले पुनर्भरण पोखरी निर्माण गरेका छन्। पोखरीबाट बर्षातको पानी पुनर्भरण गर्न सके पानीका मूलहरु जोगाउन सकिन्छ भन्ने उद्देश्यले पुनःभरण पोखरी निर्माण गरिएको ध्वजे धारापानी मूल संरक्षण समितिका अध्यक्ष शेर बहादुर भुजेलले बताउनुभयो ।
इसिमोडको ३ लाख अनुदान र स्थानीयको ४५ हजार बराबरको श्रमदानबाट पुनर्भरण पोखरी निर्माण गरिएको अध्यक्ष भुजेलले बताउनुभयो । गत आर्थिक बर्षको चैत्रमा सम्पन्न भएको पुनर्भरण पोखरीबाट पहिलो पटक पानी पुनर्भरण गरिएको र जमिनले पानी सोसेका कारण यसको नतिजा हिउँदको समयमा देखिने उहाँले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


472 पटक हेरिएको 

