महानगरपालिकाबाट लोप भए ३३ वटा ढुङ्गेधारा


काठमाडौं : काठमाडौँ महानगरपालिकाका ३३ वटा ढुङ्गेधारा लोप भएर गएका छन् । एक अध्ययनले काठमाडौँ उपत्यकाभित्र खानेपानीको स्रोतका रूपमा रहेका १५४ वटा प्राचीनकालीन ढुङ्गेधाराहरुमध्ये महानगरपालिकाबाट २१ वटा हराएका र १२ वटा फेला नपरेको देखाएको छ।

अलान फाउन्डेसनले गरेको अध्ययन अनुसार ५० वटा धारामा पानी नआउने, १० वटा लोपोन्मुख अवस्थामा पुगेको र ६१ वटा ढुङ्गेधारामा मात्र पानी आउने गरेको पाइएको छ ।

वडागत रूपमा हेर्दा वडा नम्बर १५ र ३२ वडामा १२र१२ वटा ढुङ्गेधारा भेटिएको छ भने वडा नम्बर ११, २२, २३, २४, २५ र २७ गरी छ वटा वडामा एउटा पनि ढुङ्गेधाराको अभिलेख नभेटिएको उल्लेख छ।

अध्ययन प्रतिवेदन अनुसार वडा नम्बर १२ र १३ मा एक/एक वटा, वडा नम्बर ३, २१ र २९ मा दुई/दुई वटा, वडा नम्बर २ र ३० मा तीन/तीन वटा हिटी भेटिएका छन्। त्यसै गरी वडा नम्बर ५, २८ र ३१ मा चार/चार वटा, वडा नम्बर २० मा पाँच वटा, वडा नम्बर १, ८, १९, २६ मा छ/छ वटा हिटी छन् ।

वडा नम्बर १८ मा सात वटा, वडा नम्बर ४ र ७ मा आठ/आठ वटा, वडा नम्बर ९ र १६ मा नौ/नौ वटा, वडा नम्बर १७ मा १० वटा, वडा नम्बर ६ मा ११ वटा र वडा नम्बर १० मा १३ वटा हिटी छन् । पानी आउने गरेका हिटीमा धारामा पानीको निकास राम्रो रहेको पाइएको छ । हिटीमा मानिस आएर पानीको प्रयोग गर्ने गरेको पाइएको छ ।

‘हिटी जलप्रवाहसँग सम्बन्धित प्रणाली हो । जलाधार क्षेत्र, भूमिगत तह, अन्य जल भण्डार यसका स्रोत हुन्। यससँग प्रकृति र प्राणी सभ्यता अन्तर सम्बन्धित छन् । यसको व्यवस्थापनका लागि जलचर, बिरुवा तथा प्राकृतिक रूपमा उम्रिने रैथाने झारपातसँग सम्बन्ध हुन्छ’ प्रतिवेदनमा उल्लेख छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार