६ वटा मुहानको पानी एकत्रित गरी एउटै आयोजना निर्माण

२ सय ३८ घरपरिवार लाभान्वित

  वास खबर सम्वाददाता  476 पटक हेरिएको

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ अन्नपूर्णमा ६ वटा मुहानको पानी संकलन गरी वितरण गरिएको छ । अन्नपूर्णका दुई सय ३८ घरपरिवारमा एक घर एक धारा निर्माण गरी खानेपानी वितरण गरिएको हो । खानेपानी वितरण भएपछि वर्षौंदेखिको खानेपानीको समस्या हटेको छ।

‘कादुरी एग्रिकल्चर एड एसोसिएसन ब्रिटिस गोर्खाज्’ले अन्नपूर्ण बाख्राङ बाहुनगाउँ खानेपानी आयोजना निर्माण गरेपछि पानीको समस्या अन्त्य भएको हो । आयोजना निर्माण गर्न रु दुई करोड १२ लाख खर्च भएको टेम्केमैयुङ–३ अन्नपूर्णका वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो। आयोजना निर्माणका लागि ५२ लाख ६३ हजार बराबर उपभोक्ताको श्रमदान रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेवनराज राईले बताउनुभयो।

छ वटा मुहानबाट सङ्कलन गरेर ल्याएको पानी बस्तीसम्म पुर्‍याउन २६ हजार ९५ मिटर पाइपलाईन विछ्याएको छ । अध्यक्ष राईका अनुसार खानेपानी वितरणका लागि १५ वटा सङ्कलन ट्याङ्की र नौ वितरण ट्याङ्की निर्माण गरिएका छन् ।

ुस्थानीयले अब स्वच्छ खानेपानी उपभोग गर्न पाएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । चालू आर्थिक वर्ष २०८०र८१ मा थप ८० परिवारको घरमा पानी पुर्‍याउने लक्ष्य रहेको उहाँको भनाइ छ । पालिकाको आन्तरिक स्रोत कम भएकाले अरुलाई सहयोगका लागि गुहार्नु परेको उहाँले बताउनुभयो।

कादुरी संस्थाका उप निर्देशक विजयन्त शेरचनले खानेपानीसँगै विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउनुभयो। वि.सं. २०७५ साल देखि निर्माण गर्न थालिएको खानेपानी आयोजनाको रक्षा मन्त्रालयका सहसचिव बावुराम अधिकारीले हालै उद्घाटन गर्नुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार