काठमाडौ : आज ३ डिसेम्बर, अपाङ्गता भएका व्यक्तिहरुको ३३औ अन्तर्राष्ट्रिय दिवस, “समावेशी तथा दिगो भविश्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने मूल नारा सहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाईदैछ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरूको हक अधिकारको सुनिश्चितता गर्न, जनमानसमा चेतना फैलाउन, उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकिकृत रुपमा प्रवर्धन गर्न सन १९९२ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो । शुरुमा यस दिवसलाई अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भनिए पनि सन् २००६ डिसेम्बर १३ तारिखका दिन संयुक्त राष्ट्र संघको ६१औ महासभाले अपाङ्गता भएका व्यक्तिरुको अधिकार सम्बन्धी महासन्धी पारित गरी २००८ देखि अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस भनी नामाकरण गरेर विश्वभर एकैसाथ ३ डिसेम्बरका दिन मनाउन थालिएको हो।
अपाङ्गता भएका व्यक्तिहरुलाई समेत सरसफाइमा समान पहुँच उपलब्ध गराउन नेपालमा पनि नगरव्यापी समावेशी सरसफाइ अवधारणा अनुरुप विभिन्न कामहरु भैरहेका छन् । यसका लागि नीति निर्माणदेखि अपाङ्गतामैत्री संरचना निर्माणका लागि वकालत लगायत कामहरु पनि भैरहेका छन् ।
अपाङ्गतामैत्री शौचालय नहुँदा अपाङ्गता भएका व्यक्तिहरु, अझ त्यसमा पनि ह्वीलचेयर प्रयोगकर्ताहरुको अवस्था एकदम दयनीय छ । उनीहरुले यात्राको क्रममा पिसाब आउने भयले एक थोपा पानी पनि नपिई गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ। पानी नपिई यात्रा गर्नुपर्दा ओठ मुख सुक्ने भएकाले उनीहरु पानीको सट्टा अमला वा सुकुमेल च्यापेर यात्रा गर्छन् ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


388 पटक हेरिएको 

