झापा : झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १४ धगेरेमा निर्माण भएको मलमूत्रीय फोहर व्यवस्थापन केन्द्रको कोशी प्रदेश सरकार र बेलायती दातृ निकायको टोलीले अनुगमन गरेको छ। अनुगमन टोलीलाई दातृ निकायको तर्फबाट बेलायती विदेश, राष्ट्रमण्डल र फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसिडीओ) को खानेपानी, सरसफाइ र स्वच्छता (वास) सल्लाहकार लिजा रुजेले र कोशी प्रदेश सरकारको तर्फबाट खानेपानी तथा सरसफाइ महाशाखाका प्रमुख कृष्णप्रसाद राजवंशीले नेतृत्व गर्नु भएको थियो
अनुगमन टोली समक्ष चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजन चिमरिया, पूर्वअध्यक्ष लालबहादुर थेबे र सचिव प्रेम घिमिरेले केन्द्रको अवस्था, समस्या र सञ्चालनका लागि आवश्यक स्रोत र साधनका बारेमा जानकारी गराउनु भएको थियो।
उक्त संरचनाको प्रभावकारी उपयोग गर्न तत्काल प्रयोगशाला प्राविधिक, उपकरणहरूको मर्मत सम्भार, थप एक थान ट्यांकर, थप जनशक्ति र निजी ट्यांकरले खोला जंगलमा दिसाजन्य लेदो फाल्न नपाउने कानुनी व्यवस्था आवश्यक रहेको विषयमा अनुगमन टोलीको ध्यानाकर्षण गराएको अध्यक्ष चिमरियाले बताउनुभयो।
एसियाली विकास बैंक र स्थानीय सरकारको संयुक्त लगानीमा निर्मित मानव मलमूत्र व्यवस्थापन केन्द्र सञ्चालनमा आएको ५ बर्ष भयो । एसियाली विकास बैक र स्थानीय सरकारको साझेदारीमा ७ करोड ९३ लाख ९७ हजार ८ सय २२ रुपैयाँ खर्चेर बनाएको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा नआउँदै टुटफुट हुन थालेको छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :