आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध

  वास खबर सम्बाददाता  130 पटक हेरिएको

काठमाडौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

मन्त्रालयका अनुसार वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यले यस्तो कदम चालिएको हो । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीतिअनुरूप यो निर्णय गरिएको जनाइएको छ ।

ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले यस कदमले सरकारी निकायहरू तथा सरोकारवाला पक्षहरूलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका छन् । साथै, आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य आवश्यक रहने उल्लेख गरिएको छ ।

मन्त्रालयले उक्त निर्णयलाई सफल बनाउन सम्बन्धित सबै निकाय र कर्मचारीलाई निर्देशित गरिसकेको जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार