धादिङ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले धादिङ जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीच समीक्षा बैठक गरेको छ ।
Global Affairs of Canada (GAC) को आर्थिक सहयोग तथा Centre for Affordable Water and Sanitation Technology (CAWST) सँगको सााझेदारीमा पुनर्निर्माण र उत्थानशिलता–नेपाल (Reconstruction and Resilience of WASH service through Capacity Building – Nepal) परियोजना अन्तर्गत सञ्चालित क्रियाकलापको समीक्षा गरिएको हो । कार्यक्रमको समीक्षा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) की तालिम आधिकृत शोभा रानाले गर्नुभएको थियो ।

समीक्षा बैठकमा उपस्थित विभिन्न संस्थाका प्रतिनिधीले एन्फोले विकास गरेको विभिन्न सुचना, शैक्षिक तजा सञ्चार सामग्रीहरुको अवलोकन समेत गरेका थिए । समीक्षा बैठकको अध्यक्षता गर्नु भएका जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपालले एन्फोद्वारा सञ्चालित कार्यक्रमहरु अति प्रभावकारी रहेको बताउनुभयो ।
उहाँले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई अझ प्रभावकारी बनाउन सबैको एकीकृत प्रयासको आवश्यकता औल्याउनुभयो ।



2310 पटक हेरिएको 

