मुसिकोटमा झाडापखालाको महामारी : एक बालकको ज्यान गयो, २ सय बिरामी

गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–८ मा फैलिएको झाडापखालाले एक बालकको ज्यान लिएको छ । झाडापखालाले थलिएका मुसिकोट नगरपालिका–८ दजाकोटका १२ वर्षीया रोशन सिंजालीको उपचार अभावमा ज्यान गएको हो।

एक सातादेखि झाडा पखाला फैलिँदा दजाकोटमा झण्डै दुई सय विरामी परेका छन्। गम्भीर अबस्थाका विरामीलाई थप उपचारका लागि चितवन ल्याइएको छ। अन्य बिरामीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

दजाकोटका बासिन्दाले प्रयोग गर्ने खानेपानीमा कोलिफर्म पाइएको छ। कोलिफमकै कारण दजाकोटमा झाडापखालको महामारी फैलिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका इन्जिनियर प्रकाश न्यौपानेले बताउनुभयो । गाउँमा झाडा पखालाको महामारी फैलिएपछि स्थानीय पशुपति निमावि अनिश्चितकालको लागि बन्द गरिएको छ ।

बस्तीमा झाडापखाला फैलिन नदिन विद्यालय बन्द गरिएको प्रधानाध्यापक जुक्तबहादुर छन्तेलले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार