गोदावरी सरसफाइ अभियान र इसिमोड बीच सहकार्य

ललितपुर : गोदावरी सरसफाइ अभियान र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच गोदावरी खोलाक्षेत्र सरसफाइमा सहकार्य हुने भएको छ ।

गोदावरी सरसफाइ अभियानकी संयोजक बेबी थापा, गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष बालमुकुन्द घिमिरे र इसिमोड बीच भएको छलफलमा गोदावरी खोलाक्षेत्र सरसफाइ अभियानको सहकार्यमा वातावरण दिवसको दिन सरसफाइ मानव साङ्लो बनाउने निर्णय भएको हो ।

यसअघि गोदावरी खोला क्षेत्र सरसफाइ अभियान र गोदावरी वडा नं. १४ का वार्ड अध्यक्ष जग्गनाथ महर्जन सँग सरसफाइ मूल कमिटी गठन गरेर सरसफाइलाई अगाडि बढाउने निर्णय भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार